• शनिबार ३-९-२०८१/Saturday 06-22-2024
बिश्व

भारत र पाकिस्तानमा तापक्रम ५० डिग्री सेल्सिअस नजिक

भारत र पाकिस्तानका कतिपय भागमा केही समय यता चलिरहेको तातो हावाको लहरले दैनिक जीवनलाई असामान्य बनाइरहेको छ।बिहीवार उत्तर भारतमा तापक्रम ४५ डिग्री सेल्सिअसभन्दा माथि पुग्यो भने राजस्थान राज्यको बरमर सहरमा त्यसले ४८.८ डिग्री सेल्सिअस छुन पुग्यो।

 

पाकिस्तानमा पनि पञ्जाब र सिन्ध प्रान्तमा अवस्था खराब रहेको अधिकारीहरूले बताएका छन्।भारतको मौसम विभागले तातो हावाको लहर आउँदो बुधवारसम्म जारी रहन सक्ने जनाएको छ।

 

ऊर्जा खपत ह्वात्तै बढेपछि कैयौँ क्षेत्रमा पानी र विद्युत् अभाव देखा परेको छ।बुधवार दिल्लीमा ऊर्जा माग उच्च विन्दु अर्थात् ८ हजार मेगावाट पुग्यो जुन भारतको राजधानीको अहिलेसम्मकै सर्वाधिक हो।

 

दिल्लीमा यस साताभर ४५-४६ डिग्री सेल्सिअसबीच तापक्रम रहिरहँदा उखरमाउलो गर्मी महसुस गरिएको छ।जलवायु विज्ञहरूले उच्च आर्द्रताका कारण मानिसहरूले अनुभव गरिरहेको तापक्रम ५० डिग्री नाघेको बताउँछन्।

 

दिल्लीका अस्पतालहरूमा तापक्रमसँग जोडिएका बिरामीको उपचार गर्ने विशेष सुविधा थपिएका छन्। त्यस्ता विरामीको सङ्ख्या समेत बढिरहेको बताइन्छ।बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार