• शनिबार ३-९-२०८१/Saturday 06-22-2024
देश/प्रदेश

विपद्जन्य क्षति कम गर्न पूर्वसूचना प्रभावकारी बनाउन विज्ञको जोड

काठमाडौं। पूर्वसूचना र समाजिक सुरक्षा प्रणाली प्रभावकारी भएमा विपदबाट हुने क्षति कम गर्न सकिने कार्यक्रमका सहभागीले बताएका छन ।

 

 विपद् पत्रकार संजाल र पिपुल इन निडले संयुक्त रुपमा सञ्चारकर्मीका लागि आयोजना गरेको क्षमताअभिवृद्धि कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन।पिपुल इन निड् विपद् उत्तरदायी सामाजिक सुरक्षा सम्बन्धी नेतृत्वकर्ता नवीन श्रेष्ठले पूर्व जानकारी बारे सञ्चारक्षेत्र समेत सूसुचित भएर समाचार सम्प्रेषण गर्दा प्रभावकारी हुने बताए ।

 

 यस्तै कार्यक्रममा सहजिकरण गर्दैपूर्वानुमान र पूर्व कार्यबारे नेतृत्व लिनुभएका प्रकाश खड्काले विपद्पूर्व र विपद्मा प्रभावित भएका मध्ये जेष्ठ नागरिक, बालबालिका,महिला, अपाङ्गका बारेमा स्थानीय पालिकामा सामाजिक सुरक्षा कार्यक्रम वा प्रणालीमा आबद्ध भएमा उद्दार गर्न सहज हुनेमा जोड दिए ।


कार्यक्रममा विपद् पत्रकार सञ्जालकी अध्यक्ष अमिका राजथलाले विपद् सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संरचना तथा सञ्चारमाध्यमको भूमिका सम्बन्धी कार्यपत्र प्रस्तुत गरेकी थिइन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार