भष्मे डनको ‘प्रेम शरणम’ मा विपिन र स्वस्तिमा

काठमाडौं । पशुपति प्रसाद २ : भष्मे डनको दोस्रो गीत ‘प्रेम शरणम’ सार्वजनिक भएको छ । सार्वजनिक चलचित्रको गीतको भिडियोमा मुख्य कलाकार विपिन कार्की र स्वस्तिमा खड्कालाई प्रस्तुत गरिएको छ । दुई पात्रबीचको मायाप्रेमलाई गीतमा देखाइएको छ । रमाइलो शैलीमा तयार पारिएको गीतको छायांकन, कलर र प्रोडक्सनमा निर्माण पक्षले ध्यान दिएको देखिन्छ ।
¥यापको समिश्रण रहेको सिनेमाको चलचित्रमा कृष्ण भारद्धाजको संगीत तथा सुशिल पौडेल र संगीतकार भारद्धाजको शब्द रचना रहेको गीतमा कालीप्रसाद बास्कोटा र स्वस्तिका ढकालको स्वर सुन्न सकिन्छ । प्रविन सिंहको कोरियोग्राफी र निरज कँडेलको डिओपी रहेको गीतमा संगीतकार भारद्धाज आफैले ¥यापमा स्वर समेत भर्ने काम गरेका छन् ।
दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको चलचित्रमा विपिनका अलवा स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिएका छन् ।
प्रतिकृया दिनुहोस