• शनिबार ६-६-२०८०/Saturday 09-23-2023
देश/प्रदेश

हामीले निष्ठाको राजनीतिका लागि स्व  सिंहबाट प्रेरणा लिनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले त्याग, आदर्श र निष्ठाको राजनीतिका लागि स्व गणेशमान सिंहबाट प्रेरणा लिनुपर्ने बताए ।

 

मंगलबार भक्तपुरको कटुञ्जेमा गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिभा स्थापना संरक्षण समितिले निर्माण गरेको लौहपुरुष स्व गणेशमान सिंहको १२ फिट अग्लो पूर्णकदको शालिक अनावरण गर्दै राष्ट्रपति पौडेलले सिंहले राजनीति सत्ता र स्वार्थका लागि नभई देश र जनताको लागि हो भन्ने मान्यता स्थापित गरेको भन्दै सवैले उहाँबाट प्रेरणा लिनुपर्ने बताएका हुन ।

 

त्यस्तै अर्थमन्त्री डा प्रकाशशरण महतले लोकतान्त्रिक अधिकार प्राप्तिका लागि गरेको अतुलनीय योगदान, कानूनी शासन स्थापनाका लागि गरेको त्यागका बारेमा नयाँ पुस्तालाई जानकारी गराउनुुपर्ने बताउनुभयो ।

 

मन्त्री महतले देश आर्थिक सङ्कटमा गुज्रेका अवस्थामा स्वदेश र विदेशमा रहेका नेपालीलाई यहाँ लगानी गर्न, लगानी बढाउन अभिप्रेरित गर्ने अभियान सुरु गर्नुपर्ने बताए । कार्यक्रममा राष्ट्रपति पौडेलले वाटिका एवं प्रतिमा निर्माणका परिकल्पनाकार एवं पूर्वसांसद स्व रामेश्वर ढुङ्गेललाई मरणोपरान्त सम्मान गरेका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार