• मंगलबार ७-६-२०८१/Tuesday 10-22-2024
अर्थ

सहमति र सहकार्यको सम्झौता

काठमाडौं । टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी अटोपार्टस प्रा. लि. र नेपालको सबैभन्दा ठुलो अनलाइन स्टोर दराज बिच सहर्काय गर्ने सम्झौता भएको छ र अनलाइन स्टार दराजमा टाटा जेन्युइन पार्टस र टाटा मोर्टस जेन्युइन आयल उपलब्ध हुन थालेको छ ।

 

काठमाण्डौ स्थित हायात प्यालेस होटेलमा आयोजित एक कार्यक्रममा  सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका अन्तराष्ट्रिय व्यापार प्रमुख श्री राकेश मित्तलको प्रमुख उपस्थिती र काठमाण्डौ उपत्यका भित्रका खुद्रा बिक्रेताहरु अनि देशभरका टाटा गुरुहरुको उप्िस्थतिमा सिप्रदी अटोपार्टस् प्रा. लि.का  बरिष्ठ प्रबन्धक युवराज बुढराथोकी र दराज अनलाइन स्टारका व्यापार अधिग्रहण तथा आवरण प्रमुख नबिन रानामगर बिच सहमति र सहकार्यको सम्झौता भएको हो ।

 

अब टाटा मोटर्सका ग्राहकहरुले छिटो छरितो र सहज रुपमा टाटा जेन्युइन पार्टस् तथा टाटा मोटर्स जेन्युइन आयल खरिद गर्न सक्नेछन । यसबाट ग्राहकवर्गहरु नक्कली पार्टपुर्जाबाट ठगिन पर्ने अवस्था रहने छैन र उचित मुल्यमा जेन्युइन पाटसहरु प्राप्त  गर्न सक्नेछन ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार