जी-२० के हो ?
काठमाडौँ। विश्वका अग्रणी नेताहरू जी-२० (जी-ट्वेन्टी) शिखर सम्मेलनमा सहभागी हुन भारतको राजधानी दिल्लीमा सेप्टेम्बरको ९-१० मा भेला हुँदै छन्। यो वर्षको शिखर सम्मेलनको मुख्य विषय दिगो विकासमा छ तर युक्रेनमा जारी द्वन्द्वबारे पनि छलफल हुने अपेक्षा गरिएको छ।
ग्रूप अफ ट्वेन्टी अर्थात् जी-२० विश्वका शक्तिराष्ट्रहरूको एउटा समूह हो। यसको बैठक विश्वव्यापी अर्थतन्त्रबारे योजना बनाउन केन्द्रित हुने गर्छ। जी-२० राष्ट्रहरूले वैश्विक अर्थव्यवस्थाको ८५ प्रतिशत हिस्सा ओगट्छन् भने उनीहरूबीच कुल व्यापारमध्ये ७५ प्रतिशत हुने गर्छ। विश्वको कुल जनसङ्ख्यामध्ये दुईतिहाइ मानिसहरू ती देशमा बस्छन्।
जी-२० को सदस्यमा युरोपेली सङ्घ र १९ वटा देशहरू छन्। आर्जेन्टीना, अस्ट्रेलिया, ब्रजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेशिया, इटली, जापान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, टर्की, दक्षिण कोरिया, यूके र अमेरिका उक्त समूहका सदस्य हुन्। स्पेनलाई पाहुनाका रूपमा निम्तो दिइएको छ।
जी-२० राष्ट्रमध्ये सात वटाको समूह जी७ (जी-सेभन) पनि छ। जी२० का कतिपय देशहरू -- ब्रजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका -- ले 'ब्रिक्स' नामक अलग्गै समूह बनाएका छन्।उक्त समूह ठूलो हुने क्रममा छ। ब्रिक्सको हालै सम्पन्न शिखर बैठकमा आर्जेन्टिना, इजिप्ट, इरान, इथिओपिया, साउदी अरब र यूएईसहित छ देशलाई पनि आमन्त्रण गरिएको थियो।बीबीसी
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस