एमसीसीका नाममा राष्ट्रहित विपरितका कामहरु गरिन्न : झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसीका नाममा राष्ट्रहित बिपरितको कुनै पनि सर्तहरु मान्य नहुने बताएका छन् ।
विश्व ट्रेड युनियन महासंघ, समन्वय समिति नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा खनालले खुल्ला रुपमा अमेरिकाले गर्ने सहयोग लिन कुनै समस्या नहुने तर एमसीसीका नाममा देशको स्वाभिमान, स्वतन्त्रताविरुद्ध कुनै सर्तहरु मान्य नहुने बताएका हुन ।
उनले एमसीसी सम्झौतामा दर्जनौ असमान सर्तहरु रहेको जिकिर गरे । एमसीसीको व्याख्यात्मक घोषणा दलहरुको लाज ढाक्ने ठाँउ मात्रै रहेको र यसको कुनै कानूनी हैसियत नरहेको उनको भनाइ छ ।
प्रतिकृया दिनुहोस