जितेनको स्वर र संगीतमा 'तिमीले साथ' सार्वजनिक

काठमाडौं । तिमीले साथको अफिसिएल म्युजिक भिडियो सार्वजनिक भएको छ।
एल्वम फरकमा समावेश यस गीतलाई रन्जना अडियो क्यासेटले उत्पादन गरेको थियो। गीतले त्यति बेलाको थुप्रै म्युजिक अवार्डहरु समेत प्राप्त गरेको थियो। पुरुषोतम श्रेष्ठले छायाँकन गरेको भिडियोमा सारा गुरुङ र सुमन लामाको अभिनय रहेको छ।
बिजेन्द्र गुरुङले सम्पादन गरेको भिडियोमा राजिव शर्माको निर्देशन रहेको छ। केहि वर्ष अघि गायक लेप्चाले समेत यो गीतलाई नयाँ संगीत संयोजन सहित सार्वजनिक गरिसकेका छन्। यस गीतका गीतकार डेकेन्द्र श्रेष्ठको आधिकारिक युट्युव च्यानल 'डेकेन्द्र श्रेष्ठ प्रडक्सन' मार्फत सार्वजनिक भएको छ।
प्रतिकृया दिनुहोस