कलाकारको पारिश्रमिकको चर्चा

काठमाडौं । बलिउड फिल्मी नगरीमा कलाकारहरको पारिश्रमिकको बिषयमा प्राय चर्चा हुनेगर्छ । सबैलाई बलिउड कलाकारहरुले एउटा फिल्म गरेबापत कति पारिश्रमिक लिन्छन् होला भन्ने थाहा पाउने कौतहलता हुन्छ । फेरी यस्तो पनि हुन्छ कि कलाकारहरुले आफनो फिल्म हिट भएबापत आफनो पारिश्रमिक पनि बढाउँदै जान्छन् । तर फिल्म फल्प भयो भने पारिश्रमिक घटाउँदैनन् । यो बलिउड फिल्म नगरीको ट्रेण्ड नै हो ।
बलिउडमा यस्तो पनि हुन्छ, यदी कलाकारको फिल्म हिट भयो भने त्यसको श्रेय उनीहरु आफैं लिन्छन् तर फिल्म फल्प भयो भने दोष अरुलाई थुर्पाछन् । यदी फिल्म ठुलो व्यानरको हो र फिल्मका निर्देशक पनि चर्चित छन् भने बलिउड कलाकारहरु कम पारिश्रमिक लिएर भएपनि काम गर्छन । यसमा पनि उनीहरुको स्वार्थ लुकेको हुन्छ। यदी पछि फिल्म बल्कबस्टर भयो भने उनीहरु आफनो पारिश्रमिक बढाउन सक्छन्। कहिलेकाँही सामान्यतर लिने पारिश्रमिक भन्दा बढि नै पनि उनीहरु लिने गर्छन्। कोही १५ देखि १८ करोड लिन्छन् भने कोही २० देखि ३० कोरोड लिन्छन् ।
रणवीर सिंह
बाजीराव मस्तानी भन्दा पहिले कलाकार रणवीर सिंहले एउटा फिल्मको ३ देखि ५ करोड रुपैयाँ पारिश्रमिक लिने गर्थे । तर, बाजीराव मस्तानी, पद्मावत र सिम्बाको सफलता पछि रणवीरले आफनो पारिश्रमिक ह्रवातै बढाए । उनले अहिले एउटा फिल्मबाट १५ देखि १८ करोड रुपैयाँ लिने गर्छन ।
वरूण धवन
वरुण धवनलाई आजसम्म कुनै फित्मबाट पनि घाटा भएको छैन । पहिला उनी एउटा फिल्मबाट ५ देखि ७ करोड पारिश्रमिक लिन्थे भने अहिले उनी एउटा फिल्मबाट १५ देखि १७ करोड लिने गर्छन ।
रणवीर कपुर
अहिले रणवीर कपुरको केही फिल्महरु फल्प भएपनि उनी भने फल्प भएका छैनन् । उनको डिमान्ड झन् बढ्दै गहिरहेको छ । फिल्म ‘संजू’ भन्दा पहिला रणवीर २० देखि २५ करोड रुपैयाँ प्रति फिल्म पारिश्रमिक लिन्थे । तर अहिले उनको पारिश्रमिक बढेर ३० करोड माथी पुगेको छ ।
अमिताभ बच्चन
बलिउड सुपरस्टार अमिताभ बच्चन ७५ वर्षका भए । तर पनि उनको पारिश्रमिक अन्य कलाकारहरको भन्दा कम छैन । उनी आफनो अभिनय अनुसार पारिश्रमिक निर्धारण गर्छन्। अमिताभ बच्चन प्रति फिल्म १२ देखि १५ करोड सम्म पारिश्रमिक लिन्छन् ।
ऋतिक रोशन
संख्यात्मक हिसाबमा थोरै फिल्ममा अभिनय गर्न रुचाउने कलाकार हुन ऋतिक रोशन । बलिउडमा उनको पारिश्रमिक ३० देखि ४० करोड रूपैयाँको बिचमा रहेको छ । धेरै पटक उनले यो भन्दा पनि बढि पारिश्रमिक लिएका छन् ।
अजय देवगन
अजय देवगन फिल्मको बजेट हेरेर आफनो पारिश्रमिक निर्धारण गर्ने गर्छन । उनले ३० देखि ४० करोड रूपैयाँसम्म पारिश्रमिक लिने गरेका छन ।
अक्षय कुमार
पारिश्रमिकको मामलाम अक्षय कुमार निकै अगाडि छन् । उनी ४० देखि ५० करोड रूपैयाँसम्म पारिश्रमिक लिन्छन् । तर कहिलेकाही उनी मुनाफाको हिस्सा पनि लिन्छन् । उनले ‘जोली एलएलबी २’ को लागी ५० करोड रूपैयाँ पारिश्रमिक तोकेका थिए तर, उनले फिल्मबाट मुनाफा सहितक ५५ करोड रूपैयाँ लिएका थिए । उनले फिल्म ‘एयरलिफ्ट’ अभिनय गरेबापत धेरै कम पारिश्रमिक लिएका थिए ।
अमिर खान
अमिर खानले चाहे भने ५० देखि ६० करोड सम्म पारिश्रमिक लिन सक्छन् तर, उनी फिल्मको मुनाफाबाट भागीदारी कर धेरै कमाउँछन् । उनी फिल्मको मुनाफा बाट ८० प्रतिशतसम्म आफुले लिने गर्दछन । फिल्म ‘दंगल’ बाट उनले करिब १५० करोड भन्दा धेरै पारिश्रमिक कमाए । अमिर खानलाई आफनो फिल्मले राम्रो कमाई गर्छ भन्ने पहिला नै थाहा हुन्छ त्यसैले पनि उनी प्राय फिल्महरुमा पार्टनरशीपमा काम गर्ने गर्छन ।
शाहरुख खान
शाहरुख खानको पारिश्रमिक प्राय तल माथी भईरहेको हुन्छ। करण जोहर र आदित्य चोपडाको फिल्म मा काम गर्ने बेला उनी आफनो पारिश्रमिक सोध्दैनन् । उनीलाई जति दिइन्छ उनी त्यसैमा नै चित्त बुझाउँछन् । तर उनले एउटा फिल्म गरेबापत ४० देखि ४५ करोड रूपैयाँ लिने गरेका छन् । शाहरूख खान पनि अमिर खान जस्तै फिल्मबाट आउने मुनाफा बाढ्ने गर्छन् । आफ्नो फिल्मको मार्केटिङबाट उनले पनि करोडौं रुपैयाँ कमाउने गरेका छन् । कयौं फिल्महरुबाट उनले १०० करोड भन्दा बढि कमाइसेकका छन् ।
सलमान खान
सलमान खान पनि फिल्मको कमाईबाट आफनो हिस्सा लिने गर्छन । उनले एउटा फिल्मको कमाईबाट ७० देखि ८० प्रतिशत हिस्सा लिने गरेका छन् । फिल्म ‘सुल्तान’ बाट उनले सय करोड भन्दा बढी पैसा कमाए। यस्तै रेस ३ बक्स अफिसमा खासै नचलेपनि सलमानले उक्त फिल्मबाट १०० करोड भन्दा बढि पैसा कमाए । यस्तै यदी उनले चाहे भने आफनो पारिश्रमिक ६० करोड भन्दा माथी पनि लिन सक्छन् । वेभ दुनियाँ
प्रतिकृया दिनुहोस