• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
बिश्व

यौन दुर्व्यवहारमा ट्रम्प दोषी ठहर, ५० लाख डलर जरिवाना

न्यूयोर्कको एउटा जुरीले अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले म्यागेजिनकी लेखिका ई जीन क्यारोललाई यौन दुर्व्यवहार गरेको र त्यसबारे झुटो बोलेर उनलाई बदनाम गरेको ठहर गरेको छ।

 

दुई हप्ता लामो सुनुवाइपछि करिब ३ घण्टा बहस गरेर जुरीले क्यारोललाई ५० लाख डलर क्षतिपूर्ति दिनुपर्ने निर्णय सुनाएको छ।उनले लगाएको बलात्कारको गम्भीर आरोप भने अस्वीकार गरिएको थियो।

 

ती लेखिकाले सन् १९९० को दशकमा पूर्व राष्ट्रपतिले आफूलाई डिपार्टमेन्ट स्टोरमा आक्रमण गरेको बताएकी थिइन्।ट्रम्पले उनलाई ठगीको आरोप लगाएका थिए। क्यारोलले उक्त आदेश आफ्नो कुरा विश्वास नगरिएकाले पीडा खेपेका प्रत्येक महिलाका लागि जित भएको बताएकी छन्।

 

 

ट्रम्पले जुरीको उक्त निर्णयलाई अपमानका रूपमा व्याख्या गरेका छन् र उनका प्रवक्ताले ट्रम्पले पुनरावेदन गर्ने जनाएका छन्।न्यूयोर्कस्थित एक जना बीबीसी संवाददाता भन्छन्- उक्त मुद्दाले आगामी राष्ट्रपति चुनावमा फेरि प्रतिस्पर्धा गर्ने ट्रम्पको योजनामा गम्भीर प्रभाव पार्नसक्ने बताएका छन्।

 

दुई हप्ते सुनुवाइमा ट्रम्प स्वयं भने उपस्थित भएका थिएनन् तर उनको धारणा जुरी समक्ष सुनाइएको थियो।मङ्गलवार निर्णय सुनाउने जुरीमा ६ पुरुष र ३ महिला थिए।बीबीसी

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार