• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

संसद‍्मा स्वर्णिम वाग्लेको पहिलो सम्बोधन

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसद स्वर्णिम वाग्लेले अत्यधिक मत दिएर निर्वाचित गराएको भन्दै तनहुँका मतदातालाई धन्यवाद व्यक्त गरेका छन्। 

 

 वाग्लेले सपथ लिएकै दिन प्रतिनिधी सभा बैठकमा पहिलो पटक सम्बोधन गर्दै विश्वास र भरोसलाई डगमगाउन नदिने प्रतिवद्धता गरेका छन । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट  रास्वपाका उम्मेदवार डा.स्वर्णिमले  ३४ हजार ९१८ मतसहित विजयी भएका थिए ।

 

निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार ७ सयभन्दा बढी मत ल्याएर उनी विजयी भएका हुन् । मंसिर ४ मा सम्पन्न निर्वाचनमा विजयी उम्मेदवार पौडेल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ-१ मा उपनिर्वाचन भएको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार