• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
रंगमञ्च

बालबालिकाका लागि अभिनय कार्यशाला सम्पन्न

काठमाडौं । बालबालिकाहरुले विभिन्न नाट्य प्रस्तुति मञ्चन गर्दै नवौं लिटल थिएटर गराजः बालबालिकाका लाथि अभिनय तथा नाट्य कार्यशाला सम्पन्न भएको छ । 


थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेनले बार्षिक रुपमा आयोजनामा दुई साता लामो सञ्चालन भएको कार्यशालाको अन्तिम दिन अभिभावक र रङ्गप्रेमीहरुमाझ विशेष कार्यक्रम गर्दै समापन गरिएको हो । 


सपापन विशेष कार्यक्रममा सहभागी बालबालिकाले कार्यशालाका दौरान तयार पारेका नाट्य प्रस्तुतिलाई मञ्चन गरेका थिए । जसमा पपेटमार्फत कथा–कथन देखि उनीहरु आफैले तयार पारेको नाटक ‘सिन्डेरेला’ मञ्चन गरेका थिए । साथै मञ्चमै तत्कालै दिइएको विषयमा बालबालिकाहरुले युगल अभिनय गरेका थिए । 


बालबालिकाले खेल्ने ‘भाँडाकुटी’लाई आधार बनाएर सहभागी बालबालिकालाई नाट्य कला र सीपको साक्षात्कार गराएको मेन्टर तथा यस कार्यशालाका कला निर्देशक केदार श्रेष्ठले अभिभावकमाझ बताए । उनले भने, “दुई सातासम्म बालबालिकाले थिएटरमा रमाइलो मात्र गरेनन्, उनीहरुले धेरै कुरा लिएर घर आउँदैछन् । आफ्ना छोराछोरीलाई स्वागत गर्न तयार रहनुस् ।”त्यस्तै कार्यशाला संयोजक इलिना नकर्मीले हरेक वर्ष बालबालिकाको उत्साहमय सहभागिता, र्काशालाले उनीहरुको मुहारमा खुशी भर्न सकेकोमा आफू पनि खुशी भएको बताइन् । 



त्यस्तै नेपाल जापान बाल पुस्तकालयका सपना शर्मा तथा राराहिल स्कूलका प्रधानाध्यापक जगतबहादुर महर्जनले बालबालिकाको यस्तो कार्यशाला बिलकुलै नयाँ सोँच रहेको बताउँदै कलामार्फत जीवनलाई सुन्दर बनाउन कार्यशालाको भूमिका रहेको उल्लेख गर्नुभयो ।कलामार्फत उनीहरुको व्यक्तिगत र व्यक्तित्व विकासमा सघाउने उद्धेश्यका साथ ६ देखि १४ वर्ष उमेर समूहका बालबालिकाका लागि लिटल थिएटर गराज हुँदै आएको हो ।


गराजमा विशेषतः नाटक र अभिनयका साथमा कथावाचन, कथाकथन, पब्लिक स्पिकिङ, चित्रकला, पपेट निर्माण र पपेट कथाकथन, ओरिगामी, नृत्य, भ्वाइस एण्ड स्पिच, सिर्जनशील लेखन, सिर्जनशील सोच लगायतका विषयमा कार्यशालामा गतिविधिहरु भएका थिए । त्यस्तै कार्यशाला अन्तर्गत नै बालबालिकाहरुले पैदल यात्रा, वातावरण अध्ययन, सम्पदा भ्रमण तथा राष्ट्रिय आविष्कार केन्द्रको भ्रमण पनि गरेका थिए ।

 
थिएटर गतिविधिहरु बढिरहेपनि बालबालिकाको लागि थिएटरका गतिविधि नभइरहेको अवस्थामा २०७१ मा सुरु भएको यस कार्यशाला हरेक वर्ष चैत २० पछि हुने गरेको छ । कार्यशाला बाल रंगमञ्चसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘आसितेज इन्टरनेशनल’को नेपाल सेन्टर आसितेज नेपालको सहकार्य तथा राराहिल मेमोरियल स्कूल कीर्तिपुर र नेपाल–जापान बाल पुस्तकालयको साथमा हु“दै आएको छ । 
लिटल थिएटर गराजको दशँै संस्करण वि.सं. २०८० को चैत २२ मा हुने आयोजकले जनाएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार