• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

विराटनगर तनावग्रस्त,केही प्रदर्शनकारी घाइते

विराटनगर । प्रदेश १ को नामकरणलाई लिएर विराटनगर तनावग्रस्त बनेको छ । भूगोलका आधारमा प्रदेशको नाम राखेर पहिचान नामेट गरिएको भन्दै प्रदर्शनकारीहरु आइतबार प्रदर्शनमा उत्रिएका हुन् ।

 

प्रदर्शनकारीहरुले प्रदेशको नाम सच्याइनुपर्ने माग राख्दै विराटनगरमा निषेधित क्षेत्र तोडेर मुख्यमन्त्री कार्यालय नजिकै प्रदर्शन गरेका थिए । जसमा केही प्रदर्शनकारी घाइते भएका छन् भने केहीलाई प्रहरीले पक्राउ गरेको छ । 

 

प्रदर्शनकारी पक्राउसँगै भीड नियन्त्रण गर्न असमर्थ भएको प्रहरीले एक दर्जन अश्रुग्यास र तीन राउन्ड हवाई फायरसमेत गरेको छ । जिल्ला प्रशासन कार्यालयले मुख्यमन्त्री कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार