• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आज

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका आङ्गिक, सम्बन्धन प्राप्त क्याम्पसरकलेजमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आइतबार हुँदैछ ।

 

निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा। पशुपति अधिकारीका अनुसार बिहान ८ देखि अपराह्न ४ बजेसम्म विद्यार्थीले आफ्नो प्रतिनिधि चयन गर्न सक्नेछन् ।

 

शुक्रबारसम्म दुईवटा आङ्गिक क्याम्पस र सम्बन्धन प्राप्त सयौँ कलेज-क्याम्पसमा युनियन निर्विरोध गठन भइसकेको छ । समन्वय समितिले निर्वाचन सम्पन्न नहुन्जेलसम्म विद्यार्थी, कर्मचारी, प्राध्यापक सबैलाई जिम्मेवार  भएर आचारसंहिता पालना गर्न आग्रह गरेको छ ।    

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार