• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
बिश्व

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको घरमा प्रहरी प्रवेश

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको लाहोरस्थित जमान पार्कमा रहेको घरबाहिर प्रहरीले आफ्नो कारबाही जारी राखेको छ।घरबाहिर ठूलो सङ्ख्यामा प्रहरी तैनाथ गरिएको छ भने त्यहाँ बुलडोजर पनि ल्याइएको छ।

 

प्रहरीहरू इमरान खानको घरको ढोका तोडेर भित्र पसेका छन्।घरभित्र उपस्थित कार्यकर्तासँग हतियार रहेको प्रहरीले दाबी गरेको छ।यसै क्रममा इमरान खानले इस्लामाबादको अदालततर्फ जाँदा आफ्नो समूह दुर्घटनामा परेको बताएका छन्।

 

आफू पक्राउ पर्ने थाहा भए पनि अदालतमा हाजिर हुन लागेको उनको दाबी छ।यसैबीच पाकिस्तानका प्रहरीहरूले खानको सवारी इस्लामावाद पुग्नुअघि उनका अङ्गरक्षकहरूले हतियार बुझाउनुपर्ने माग गरेका छन्।

 

पदमा बहाल रहँदा प्राप्त गरेका राजकीय उपहारहरू राम्रोसँग घोषणा नगरेको अभियोगको सुनुवाइका लागि उनी इस्लामावाद गइरहेका छन्।जियो न्यूजसँग कुरा गर्दै प्रहरी अधिकारीले इमरान खानको घरभित्र पस्ने क्रममा भित्रबाट गोली चलेको र प्रहरीलाई निसाना बनाइएको बताए।बीबीसी

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार