• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

उपराष्ट्रपति निर्वाचनको लागि चारजनाको मनोनयन

काठमाडौं । चैत्र ३ गते शुक्रबार हुने उपराष्ट्रपतिको निर्वाचनको लागि चार जनाको मनोनयन दर्ता भएको छ । राजधानीको बानेश्वरस्थित संघीय संसद्को परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा शनिबार सत्ता गठबन्धनबाट तीन जना र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट एक जनाले मनोनयन दर्ता गराएको आयोगले जनाएको छ ।

 

आठ दल आबद्ध रहेको सत्तागठबन्धनबाट जनता समाजवादी पार्टीका नेता रामप्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दिएकी थिइन । जनमत पाटीबाट ममता झा र नेकपा (एमाल) को तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएकी छिन् । सत्ता गठबन्धनबाट साझा उम्मेदवारी कसलाई गराउने भन्ने निर्णय गर्न नसकेपछि तीन जनाको उम्मेदवारी परेको हो 

 

यसैबीच नेकपा एमालेले संविधानको व्याख्याअनुसार महिला उम्मेदवार हुनुपर्ने भन्दै जसपाका नेता यादवविरुद्ध उजुरी दिएको छ । यसअघि शुक्रबार बसेको निर्वाचन आयोगको बैठकले खस–आर्यबाहेकका समुदायका महिलाको मात्र उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।

 

आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६५ को उपदफा २ बमोजिम दिइएको निर्देशनमा नेपालको संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराएको थियो। राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा १६ को उपदफा (५) मा यस दफाबमोजिम उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सोभन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नु पर्ने व्यवस्था रहेको छ ।

 

फागुण २८ गते उम्मेदवारउपर उजुरीको जाँचबुझ गरी निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, उम्मेदवारको नामावली फिर्ता लिने र अन्तिम नामावली प्रकाशित हुनेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार