• शनिबार १-८-२०८१/Saturday 04-20-2024
रंगमञ्च

मण्डलामा 'एउटा सपनाको अवसान’

काठमाडौँ, । नाटक ‘एउटा सपनाको अवसान’ आगामी चैत १० गतेदेखि मण्डला थिएटरमा मञ्चन हुने भएको छ । विश्वप्रसिद्ध नाटक ‘डेथ अफ अ सेल्सम्यान’को नेपाली रूपान्तरण रहेको नाटकलाई अनुप बरालले निर्देशन गर्दैछन् । 

 

आत्महत्यामाथि बनेको नाटकको उद्देश्य कसैलाई उक्साउनु नभई, भौतिकवादी समाजको कठोर वास्तविक चित्रण गरी युवा दर्शकलाई सकारात्मक, रचनात्मक र अहिंसात्मक प्रतिक्रिया व्यक्त गर्न प्रोत्साहित गरोस् भन्ने हो । 

 

नाटकको विषयवस्तुमा नेपाली सन्दर्भ अनुसारको विविध कुरा जस्तै आर्थिक प्रणालीको भूमिका, नेपालमा गरिखाने वर्गको अवस्था र तिनीहरूका साझा सपना माथि बहस र छलफल थालनी हो । आर्थर मिलरद्वारा लिखितयो वियोगान्त नाटकलाई सन् १९४० को दशकको उत्तराद्र्धतिरको समयमा सेट गरिएको छ । नाटकलाई केही समालोचकले २०औँ शताब्दीको महान् नाटकमध्ये मान्छन् । 

 

आफ्नै भाषा र शैलीमा अनुवाद गरी विभिन्न देशमा, विभिन्न समयमा संसारभर मञ्चन गरिएको छ । साथै यो नाटकमाथि चलचित्र पनि बनेको छ । नाटकमा दिया मास्के, रोयदीप श्रेष्ठ, दिव्यदेव, विकास जोशी, शेखर चापागाईं, मेनुका प्रधान, उत्पला झा, निकिता आचार्य, शारदा अधिकारी, अविरल प्रताप अधिकारी,अभिषेक खड्का, जीवन गौतम, सुरज मल्ल र बिशाल पुलामीको शीर्ष भूमिका रहने बताइएको छ ।   

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार