• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
रंगमञ्च

विमल सुवेदीको “दि कन्फेसन” नयाँ दिल्लीमा मञ्चन

नयाँ दिल्ली । जगदिश घिमिरेको उपन्यास “साविती” बाट प्रभावितभई तयार भएको नाटक “दिकन्फेसन” साविती नयाँदिल्लीमा मञ्चन भएको छ । नाटक आइतबार नयाँ दिल्लीस्थित नेसनल स्कुल अफ ड्रामाको मञ्चमा मञ्चन भएको हो । नेसनल स्कुल अफ ड्रामा र  र नेपालका लागि भारतीय दूतावासको संयुक्त प्रयासमा मञ्चन भएको नाटकलाई विमल सुवेदीले निर्देशन गरेका हुन् । 

 

गरिबलाई केन्द्र राखी शासक माथि गरेका अनेक प्रश्नहरुको संगालोको रुपमातयार भएको उपन्यासमा आधारित रही सन् २०१३ मा विमल सुवेदीले “साविती” नाटक तयार गरेका थिए ।  जगदिश घिमिरेले आफ्नो यो उपन्यास माथि नाटक बनेका हेर्न लालसा अभिव्यक्त गरेपछि रोगसँग जुधिरहेका उनै घिमिरेको सम्मानमा यो नाटक तयार भएको थियो । त्यतिबेला एक सो भएर बन्द भएको सो नाटकलाई निर्देशक विमल सुवेदीले समसामयिक बनाउँदै नयाँ स्वरुपमा प्रस्तुत गरेका हुन् । भारतमा मात्र यो नाटकले ४ पटक स्टेज टेकिसकेको छ । 


नाटक भारतमा सन् २०१८ मा नयाँदिल्लीकै साउथ एसियन युनिभर्सिटीमा मञ्चन भएको थियो । यसको एक वर्षपछि यो नाटक भारतको जम्मुकश्मिरमा मञ्चन भएको थियो । यही साल मात्र दुई पटक मञ्चन भएको नाटक केही दिन अघि आसामको लोर्गी इन्टरनेसनल थिएटर फेस्टिभलमा मञ्चन भएको थियो भने आइतबार भारतकै प्रतिष्ठित मानिने नेसनल स्कुल अफ ड्रामाको मञ्चमा । 

 

अनुराधा मजुमदारले मुख्य भूमिका निर्वाह गरेको नाटकले एकालापको शैलीमा यौन हिंसादेखि सार्वजनिक सरोकारका यावत् विषयमा प्रश्न गर्छ । सँगै सँगै नाटकले पुरुष र पुरुषवादी सत्ताको नियन्त्रणमा रहेकी महिलाको विद्रोहको कथा प्रस्तुत गर्छ । तर कथावाचनका लागि निर्देशक विमल सुवेदीले एक्सरे, नुन, स्लाइनपानी र रगतसहितको सेट बनाएका छन् जसले संवादको वजनलाई गहिरो गरी दर्शकसँग अन्तक्र्रिया गर्छन् । 

 

नाटक हेर्न आएका दर्शक कलाकारको अभिनयसँगै सेटको मिहिनताको तािरफ गर्दै निस्किएका थिए । धेरै वर्षपछि नाटक हेर्ने मौका पाएको बताउँदै भारतका लागि नेपाली राजदूतशंकर शर्माले नाटक प्रभावशाली लागेको प्रतिक्रिया दिएका थिए ।

 

“धेरै वर्षपहिले मैले सर्वनाममा नाटक हेरेको थिएँ । धेरै वर्षपछि फेरि आज यो दि कन्फेसन हेरेँ । यसको प्रस्तुति र सन्देश दुवै उत्कृष्ट लाग्यो,”उनले थपे, “नाटकसँगै महत्वपूर्ण कुरा नेपालभारत सहकार्य पनि हो जुन यो नाटकको मार्फत् पनि भएको छ । हरेक कोणबाट यो नाटक सार्थक लागेको छ मलाई ।”

 

नेसनल स्कुल अफ ड्रामाका पूर्व निर्देशक तथा भारतको प्रतिष्ठित पुरस्कार पद्यश्री विजेता रामगोपाल बजाजले नाटकले आफूहरुलाई चुनौती दिएको प्रतिक्रिया दिएका थिए । कुनै समय नाटककी मुख्य कलाकार अनुराधा मजुमदारलाई यही विद्यालयमा पढाएका उनले सदा कक्षामा प्रश्न गर्ने अनुराधाले नाटक मार्फत् थप सशक्त तरिकाले प्रश्न गरेको मन परेको बताएका थिए ।  “अनुराधा कक्षामा पनि सदा प्रश्न गर्थिन् । तर आज नाटक मार्फत् हामीलाई प्रश्न सँगै चुनौती दिएर गएकी छिन् । नाटकको विषय एकदमै राम्रो थियो र प्रस्तुति झनै सुन्दर” उनको भनाइ थियो । उनले लेखक निर्देशक विमल सुवेदीलाई पनि अत्यन्त राम्रो नाटक देखाएकोमा धन्यवाद दिएका थिए । यसैगरी नाट्यकर्मी तथापद्यश्री विजेता रीता गांगुलीले पनि नाटकको तारिफ गर्दै दुई शब्द बोल्छु भन्दै वाह ! वाह ! गरेकी थिइन् । 

 

निर्देशक विमल सुवेदीले नाटकलाई प्राप्त प्रतिक्रियासँगै नाटकको माध्यमबाट दुई देशलाई जोड्ने काम पनि भएकाले आफ्ना लागि यो विशेष भएको बताएका छन् । नेसनल स्कुल अफ ड्रामाबाटै १० वर्षअघि ग्रयाजुएट भएका उनले आफू अन्तिम पटक कलाकारको रुपमा चढेको स्टेजमा निर्देशक भएर आउँदा नोस्टाल्जिक भएको बताए । “म जुन स्टेजमा कलाकारको रुपमा यो ठाउँबाट विदा भएको थिएँ आज त्यही ठाउँमा निर्देशकको रुपमा नाटक लिएर आउन पाउँदा अरुभन्दा पनि नोस्टालजिक बढी भएको छु । तर योसँगै नाटक मार्फत् नेपाल भारत सहकार्यको जुन संगम भयो, यसले आगामी दिन सांस्कृतिक रुपमा यो सम्बन्ध दिगो बनाउन थप काम गर्ने बाटो खोल्ने कुरामा विश्वस्त छु” उनले भने । उनले दिल्लीमा नेपाली नाटकको मञ्चनलाई सम्भव तुल्याउनमा नेपाली राजदूतावास दिल्लीका डीसीएम रामप्रसाद सुवेदी, फस्ट सेक्रेटरी विजयकुमार राउत र डा सुरेन्द्र थापाको ठूलो लगन रहेको जनाएका थिए । 

 

नाटक भित्र अनुराधा मजुमदारलाई मञ्चमा साजन सुनुवार र प्रजित बस्यालले साथ दिएका थिए भने जेनी सुनुवारले सहायक निर्देशन गरेकी थिइन् । चक्र पुलामीले प्राविधिक रुपमा साथ दिएका थिए । नाटक लेखनमा निर्देशक सुवेदीलाई सुरज सुवेदीले साथ दिएका छन् । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार