• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
स्वास्थ्य

कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार

काठमाडौं ।गत बुधबार राति आफ्नै निवासमा ग्यास सिलिन्डर चुहिएर घाइते भएका  नेपाली कांग्रेसका नेता एवम् सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार आएको छ ।

 

गत बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीको  पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार परीक्षणका रूपमा भेन्टिलेटर हटाइएको भण्डारीका सहयोगी माधव न्यौपानेले जानकारी दिएका छन।

 

न्यौपानेका अनुसार सोमबार बिहानसम्म नेता भण्डारीको सबै स्वास्थ्य ‘पारामिटर नर्मल’ रहेको छ । डा. भण्डारीकी आमा हरिकलाको उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार