• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
शिक्षा

दोस्रो अक्षरा बाल साहित्य महोत्सव सम्पन्न 

काठमाडौँ । अक्षरा स्कुलले आयोजना गरेको दोस्रो अक्षरा बाल साहित्य महोत्सव सम्पन्न भएको छ । उपत्यका भित्रका सरकारी तथा संस्थागत गरि २५ भन्दा बढी विद्यालय र ४००० भन्दा बढि अभिभावकहरु बिच विभिन्न कार्यक्रम गरी अक्षरा स्कुलले साहित्य महोत्सव गरेको हो । 

 

महोत्सवका प्रमुख अतिथि कलाकार मदनकृष्ण श्रेष्ठले बालबालिकाहरुलाई विद्यालय तहदेखि नै साहित्यको ज्ञान दिनु निकै अर्थपुर्ण भएको बताएका छन् । उनले कार्यक्रममा बोल्दै साहित्य विधा आफैमा महत्वपुर्ण भएकाले हरेक व्यक्ति साहित्यकार बन्न सक्ने बताएका हुन् । उनले भने, ‘हरेक मान्छे साहित्यकार बन्न सक्छ, यदि मनमा खेलेका कुराहरुलाई काँटछाट गरेर प्रस्तुत गर्ने अभ्यास गर्न सकेमा साहित्य जटिल विषय होइन । यसका विभिन्न फरक विधामा अभ्यास हुन जरुरी छ ।’

 

बालबालिकाहरुमा पठन संस्कृतीको विकास र विशेषगरी साहित्यमा ज्ञान अभिवृद्धिका लागी आयोजित महोत्सवमा विद्यार्थीहरु र शिक्षकहरुलाई भाषा शिक्षण, लेखन शिप, रेडियो नाटक, पुस्तकको आवरण चित्र, लेखक अध्ययन, पात्र चित्रण लगायतका विभिन्न शिर्षकमा साहित्य सम्बन्धी कार्यशाला गरिएको हो । साथै महोत्सवको बन्दसत्रमा विभिन्न विद्यालयका विद्यार्थीहरुलाई कक्षाहरुमा पाठ्युपुस्तकसंगै साहित्यका प्ुस्तकहरु रमाइलो र अर्थपुर्ण तरीकाले कसरी सिक्षण गर्नै विषयमा समेत अन्र्तक्रिया गरीएको थियो । बालबालिकाहरुमा निर्धारीत पाठ्युपूस्तक बाहेक पठन संस्कार विकास गर्ने उदेश्यले आयोजना गरीएको महोत्सवमा लेखक निलम कार्की नेहारिका र बुद्धिसागरसंग अन्र्तक्रिया कार्यक्रम गरिएको थियो। 

 

अन्तरक्रिया कार्यक्रममा बल्दै लेखकहरुले व्यवहारीक ज्ञानका लागी पाठ्यक्रम बाहिरका पुस्तकहरु बढी आवश्यक भएको बताएका छन् । उनीहरुले बालबालिकालाई विद्यालयमै विविध विषयमा आधारभुत ज्ञान दिनु आवश्यक भएपनि हालसम्म बाल तथा किशोर साहित्य सम्बन्धी साम्रगीहरु सहज उपलब्ध नहुनु दुखद् रहेको बताएका छन् । 

 

विद्यालयबाटै संस्कारयुक्त शिक्षाको अभ्यास गरीरहेको अक्षरा स्कुलकी प्रिन्सिपल अन्जु भट्राईले बाल साहित्य महोत्सवको माध्यमबाट बालबालिकामा पठन संस्कृतीको विकास गर्न सकिने बताएकी छन् । उनले व्यवहारीक ज्ञान र बौद्धिक क्षमता विकासका लागी साहित्य सम्बन्धी पूस्तकको ज्ञान दिइनु अत्यावश्यक रहेको र बाल सुलभ मष्तिकमा नै पठन संस्कार विकास गर्न सकेमा कालन्तरमा यसको दिर्घकाली सकारात्मक प्रभाव पार्ने कुरामा विशेष जोड दिईन् । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार