• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

लुम्बिनी र सगरमाथा इन्स्योरेन्स एक आपसमा गाभिने

 काठमाडौं ।लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको छ। लुम्बिनी इन्स्योरेन्सका तर्फबाट अध्यक्ष मनोहर दास मूल र सगरमाथा इन्स्योरेन्सका तर्फबाट अध्यक्ष रामकृष्ण मानन्धरले सम्झौतामा हस्ताक्षर गरेका छन्।

 

सम्झौता अनुसार दुवै कम्पनी एकआपसमा गाभिएपश्चात् बन्ने कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहने छ।उक्त कार्यक्रममा दुबै कम्पनीका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृतहरु लगायतका पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । मर्जरसम्बन्धी विशेष प्रस्ताव दुवै कम्पनीको आगामी हुने साधारण सभामा प्रस्तुत गरिने र शेयर आदान प्रदान अनुपात (Swap Ratio)  क्रमशः १००ः८० कायम रहने भएको छ।

 


साथै दुवै कम्पनीको आ.ब. २०७८÷०७९ को वित्तीय विवरण अनुसार प्रस्तावित बोनस शेयर वितरण पश्चात (Swap Ratio)  गणना गरी मर्जर पश्चात कायम हुने कम्पनीको चुक्ता पंूजी रु.२,६२,२६,३८,१९५÷—कायम रहनेछ ।

 

त्यसैगरी, मर्जर पश्चात बन्ने कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. को सञ्चालक समितिमा दुवै कम्पनीको तर्फबाट ३÷३ जना र एक जना स्वतन्त्र सञ्चालक रहने छन् भने सञ्चालक समितिको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. का तर्फबाट र प्रमुख कार्यकारी अधिकृतमा सगरमाथा इन्स्योरेन्स कम्पनी लि.का तर्फबाट हाल रहनु भएका प्रमुख कार्यकारी अधिकृत श्री चंकी क्षेत्री रहने व्यवस्था गरिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार