• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

उपसभामुखको उम्मेदवारी दर्ता आज

काठमाडौं । प्रतिनिधि सभा उपसभामुख चयनका लागि आजदेखि प्रक्रिया सुरु हुँदैछ । बिहीबार प्रतिनिधि सभाले मात्रै सभामुख पाएपछि आजदेखि उपसमाभुखको निर्वाचन प्रक्रिया सुरु गरिएको हो।

 

संघीय संसद सचिवालयका अनुसार निर्वाचन प्रक्रियाअन्तर्गत आज उपसभामुखका लागि मनोनयन दर्ताको कार्यतालिका रहेको छ ।

 

मनोनयन दर्ताको मिति दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ । उम्मेदवारको नामावली पनि आजै साँझ प्रकाशित गरिनेछ । मतदान शनिबारको प्रतिनिधि सभा बैठकमा हुनेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार