• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

भारतबाट पेट्रोलको मूल्य बढेर आयो

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ ।

 

 भारतबाट फेरि पेट्रोलको मूल्य बढेर आएको छ । निगमलाई पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको छ । 

 

 निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइतका अनुसार डिजेल भने प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेर आएको छ ।

 

 यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको निर्देशनअनुरुप आयल निगमले पुस २४ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३र३ रुपैयाँ तथा हवाई इन्धनमा ३० रुपैयाँसम्म मूल्य घटाएको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार