• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

नेप्से चालु आर्थिक वर्ष लागेपछिकै उच्च

काठमाडौं । सेयर बजार परिसूचक नेप्से चालु आर्थिक वर्ष (आव) लागेपछिकै उच्च बिन्दुमा पुगेको छ । 

 

साताको दोस्रो कारोबार दिन आज बजार परिसूचक नेप्से ४७.१७ अंकले वृद्धि हुँँदा २२११.७६ अंकमा बन्द भएको छ । सेयर लगानीकर्तामा बढ्दो उत्साहले बजार परिसूचकसँगै कारोबार रकम पनि बढ्दै गएको छ ।

 

 तरलता सहज बन्दै गएको र ब्याजदर घट्ने अपेक्षा तथा चालुपूँजी कर्जा मागर्दशर्नमा भएको संशोधनले सेयर लगानीकर्ताको मनोबल बढेको हो ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार