• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
मनोरञ्जन

शिव परियारको स्वरमा रहेको 'फुलैफुल दिन्छौ' को रिमेकमा अस्मिता अधिकारी

काठमाडौं । रिलिज अगावै टिकटकमा चर्चित गीत 'फुलैफुल दिन्छौ कि'को फिमेल भर्सनको भिडियो सार्वजनिक भएको छ । शिव परियारको स्वरमा रहेको रिमेक गीतको फिमेल भर्सनमा अस्मिता अधिकारीले स्वर दिएकी छन् । 

 

आनन्द अधिकारीको शब्द रचना रहेको गीतमा आशिष अविरलले संगीत भरेका हुन् । बिकास प्रसाईको निर्देशन रहेको गीतमा प्रभात पल ठकुरी, सोनिका भण्डारी र सञ्जय ढुंगानाको अभिनय रहेको छ । 

 

राग स्टुडियोमा तयार पारिएको गीतमा सुशिला पाठक प्रोडक्सन हेड, जितु तामाङको कलर, अजित आले र सञ्जय ढुंगाना एसोसियट निर्देशक, जितु तामाङको छायांकन, सगुन तामाङको आर्ट रहेको भिडियोलाई निर्देशक प्रसाईले सम्पादन गरेका हुन् ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार