• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
खेलकुद

अर्जेन्टिनी टोलीलाई ब्यूनस आयर्समा भब्य स्वागत

काठमाडौं । अर्जेन्टिनाले २२औं विश्वकप विजेता टोलीको भब्य स्वगत गरेको छ। कतारमा आइतबार राति सम्पन्न फिफा विश्वकप च्याम्पियन बनेर मंगलबार स्वदेश फर्किएको अर्जेन्टिनी टोलीलाई राजधानी ब्यूनस आयर्समा लाखौं समर्थकले सडकमा ओर्लिएर भब्य स्वागत गरेका हुन् ।

 

अर्जेन्टिनी सरकारले मंगलबार विश्वकप उपाधि जितेको खुशीयाली मनाउन सार्वजनिक विदा समेत दिएको थियो। रोमाञ्चक र नाटकीय फाइनल खेलमा लियोनल मेस्सी प्ररित अर्जेन्टिनाले साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै उपाधि चुमेको थियो ।

 

अर्जेन्टिनाले विश्वकप उपाधि तेस्रो पटक जितेको हो। विश्वकपको उक्त फाइनल खेललाई हालसम्मकै सनसनीपूर्ण र उत्कृष्ट भएको बताईएको छ । एजेन्सी 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार