• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

अर्जेन्टिनालाई उपाधि

काठमाडौं । फिफा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार राति भएको फाइनलमा  फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो ।

 

अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि जितेको हो । लुसिल स्टेडियममा भएको रोमान्चक खेलको निर्धारित ९० मिनेट २-२ गोलको बराबरीमा सकिएको थियो । थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा ३-३ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो ।

 

गोलकिपर इमिलियानो मार्टिनेज चम्किदा अर्जेन्टिनाले बाजी मार्यो ।अर्जेन्टिनाका लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले पेनाल्टीमा गोल गरे । फ्रान्सका केलियन एमबाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गरे ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार