केमेष्ट्रि

मानिसको शरिरमा थरिथरी अङ्ग
एकआपसको सन्तुलनमा बाँचेका प्रसङ्ग
लगातार चल्ने मुटु पूरै जिवनभर
फोेक्सो तान्छ–फ्याक्छ स्वास संधै निरन्तर
छिटैे गल्ने अरु अंङ्गतिनको आफ्नै मर्म
क्षणिक थकाइ मार्न पाउने बिश्रामको कर्म
छिटो बुढो हुँने आँखा चस्मा खोज्न थाल्ने
सुन्ने शक्ति फर्काउन कानले एयरफोन हाल्ने
लुलो हुँदै हातगोडा अल्छी मान्न थाल्ने
बुढो हुँदै दिमागले कुरा भुलिहाल्ने
मुुटु भने निरन्तर चल्छ एकैनास
फोक्सोले नीजिवीत राख्छ हरेक दिनको साँस
ब्रम्हाजीको केमेष्ट्रीमा नवुझेको ज्ञान
किनहोला अङ्ग सवै नभएका समान ?
जुन अङ्गले बिश्राम लिन्छ तिनको छोटो आयु ?
संधै खट्ने मुटु फोक्सो अचम्म चिरायू ? ।।
प्रतिकृया दिनुहोस