• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

प्रधानमन्त्री देउवा र डा.राउतबिच भेट

तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जनमत पार्टीका अध्यक्ष डा‍‍‍. सीके राउतले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आपसी सहकार्यका विषयमा छलफल भएको जानकारी प्रधानमन्त्रीको निजी सचिवालयले दिएको छ । 

 

प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनपछि डा.राउतले प्रधानमन्त्रीसँग भेट गरेका हुन । भेटघाटमा दुवै नेताले शुभकामना साटासाट गर्नुका साथै सङ्घ तथा मधेश प्रदेश सरकार गठनका विषयमा छलफल गरे भने भेटमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र नेता बिमलेन्द्र निधिसमेत सहभागी थिए । 

 

प्रधानमन्त्री देउवाले सहकार्य गर्ने प्रस्ताव राखेपछि अध्यक्ष डा राउतले किसान आन्दोलनका माग, नागरिकता विधेयक र रोजगारी सिर्जना गर्नेलगायतका एजेण्डा उठाउनु भएको जनमत पार्टीका नेता बीपी साहले जानकारी दिए । जनमत पार्टीको माग सम्बोधन हुने अवस्थामा जनमत पार्टी सत्ता गठबन्धनसँग सहकार्य गर्न सकारात्मक रहेको डा.राउतले प्रतिक्रिया दिएको साहको भनाइ छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार