• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
फेशन

चेतना जगाउन ‘नो सेभ नोभेम्बर’ 

काठमाडौं  । काठमाडौंमा ‘नो सेभ नोभेम्बर’ फेसन रनवे सम्पन्न भएको छ । एन्ट फाउण्डेशन नेपाल र कलाकार तथा फेसन कोरियोग्राफर प्रशान्त ताम्राकारको नेतृत्वमा नो सेभ नोभेम्बर फेसन फर कज रनवे सम्पन्न भएको छ ।
 

कार्यक्रमको मुख्य उद्देश्य क्यान्सर सम्बन्धी जनचेतना जगाउनु र क्यान्सर पीडितहरूसँग कुराकानी गर्नु थियो । नो सेभ नोभेम्बर एक विदेशी प्रचलन हो जसमा पुरुषहरूले नोभेम्बर महिनाभर क्यान्सर सम्बन्धी जागरूकताको महिना मनाउन आफ्नो दारी नखौरी बस्ने गर्दछन । नेपालमा पनि विगत केही वर्षदेखि युवा वर्गहरु माज यस्तो चलन चलिरहेको छ ।

 

नो सेभ नोभेम्बर, फेशन फर कज, चेतना जगाउन र विभिन्न व्यक्तित्वहरूलाई “वाक द रनवे“ एक ठाउँमा भेला गर्न र कोष सङ्कलन÷दान गर्न, क्यान्सर विरुद्धको लडाईलाई समर्थन गर्न सुरु गरिएको कार्यक्रममा विभिन्न सेलिब्रेटीहरू, पेशेवरहरू, परिवारहरू र बालबालिकाहरूले भाग लिएका थिए । उनीहरु सबैले धावनमार्गमा पुगेर सचेतना र सहयोग सन्देश सहितका विभिन्न प्लेकार्ड बोकेर क्यान्सर विरुद्धको लडाइमा आफ्नो ऐक्यबद्धता देखाएका थिए । धेरै कम्पनी र ब्रान्डहरूले आफ्नो समर्थन विस्तार गर्न यस कार्यक्रमलाई समर्थन र प्रायोजित गरेका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार