• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

अर्थमन्त्री शर्मा चौथो पटक विजयी

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव शर्मा बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थिए । शर्मा रुकुम पश्चिमबाट चौथो पटक निर्वाचित भएका हुन ।  

 

शर्मा ३९ हजार ५४९ मत ल्याएर विजयी भए भने नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटालाई २६ हजार ५८८ मतले पराजित भए । एमालेका देवकोटाले १२ हजार ९६१ मत ल्याएका थिए 

 

त्यस्तै स्वतन्त्र उम्मेदवार तारक केसीले तीन हजार ५६७, राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक मल्लले ७९६, मङ्गोल नेशनल अर्गानाईजेशनका हरिबहादुर पुनले २०८ र स्वतन्त्र उम्मेदवार राजन पाण्डेले २१४ मत प्राप्त गरे । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार