• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

चुनाव र विश्वकपको असर देखिएन ‘महापुरूष’ मा

काठमाडौं । प्राय फिल्महरू चाडपर्व लक्षित हुन्छन् । विदाको समयमा प्रदर्शन गर्न तछाडमछाड गर्ने फिल्मकर्मी अन्य समयमा भने मौन हुने गरेकाछन् । विदापछिको समय त झनै फिल्मकर्मीले प्रदर्शन तय गरेको पाइदैन । तिहारसकिए लगतै चुनाव र विश्वकप फुटवलसँगै विदेशी ठुला फिल्मको भिडभाड देखेपछि प्राय फिल्महरू माघ पश्चात मात्र रिलिज हुदैछन् । अझै फागुनमा नेपाली फिल्म एकआपसमा भिड्दै छन् । यद्दपि भाइटिकाको भोलिपल्ट रिलिज भएको फिल्म ‘महापुरूष’ चौथो सातामा सफलताका साथ प्रदर्शन भइरहेको छ । फिल्मले पाएको अधिकाँस शोहरू हाउसफुल भइरहेका छन् । दिवा तथा रात्री शोहरूमा शतप्रतिशत अकुपेन्सी पाइरहेको फिल्मको शोमा समेत कटौती भएको छैन । दर्शकको छाप यथावत रहेकै कारण मल्टिप्लेक्समा फिल्मको शो घट्न पाएको छैन । 


चुनावी माहोल र विश्वकप फुटवलसँगै जाडोले व्यापारमा असर गर्ने अनुमान गरिएता पनि ‘महापुरूष’ ले गरेको आटले नै सफलता दिलाईरहेको छ । फिल्म हेर्ने आइपुगेका दर्शक सन्तुष्ट भएको प्रतिक्रिया पाउँदा कलाकार समेत रहेका कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ दंग छ । ‘हामीलाई फिल्म प्रति विश्वास भएर नै विदापछिको डेट स्वीकारेका हौँ । केहीले विदा सकिएपछि रिलिज नगर्न सल्लाह समेत दिएका थिएँ । यद्दपि हेर्ने दर्शकले दिनुभएको वर्ड अफ माउथकै कारण शोहरू बढिरहेका छन् र भरिभराउछन्,’ कार्यकारी निर्माता बानियाँ भन्छन्,‘फिल्म हेर्ने परिवारनै आइरहनु भएको हुँदा चौथो सातामा समेत शो भरिभराउछन् ।’ 


मल्टिप्लेक्स चेन क्युएफएक्सले मात्रै देशभरका आफ्ना आउटलेटमा १८ शो पाएको छ । क्युएफएक्स अन्तर्गत दरबार सिनेम्याक्समा १ शो, भक्तपुरमा रहेको क्युएफएक्समा ३ शो, लबिम मलमा ३ शो , सिभिल मलमा ३ शो , ठमेलमा रहेको छायाँ सेन्टरमा १ शो दिएको छ । क्युएफएक्सकै मोफसल अन्तर्गत नेपालगन्जमा १ शो, वुटवलमा १ शो, नारायणघाटमा रहेको जलमामा ३ शो, विराटनगरमा १ शो, विर्तामोडमा १ शो दिएको छ ।


काठमाडौंमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा २ शो, जमलमा रहेको विश्वज्योति सिनेप्लेक्समा ३ शो, दरबारमार्ग स्थित राइजिङ मलमा रहेको क्युज सिनेमाजमा १ शो, गोंगबुमा रहेको बिएसआर मुभिजमा २ शो, किर्तिपुर सिनेप्लेक्समा १ शो, न्युरोडमा रहेको रन्जना सिनेप्लेक्समा ४ शो,  सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा १ शो र चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा ४ शो रहेको छ । 


बानेश्वरमा रहेको वान सिनेमाजमा २ शो र कालिमाटीमा ३ शो दिएको छ । यस्तै, आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मलमा २ शो र बुटवलमा रहेको आइएनआइमा २ शो दिएको छ । चौथो सातामा शोहरू यथावत रहनुले दर्शकको आकर्षण कम नभएको लेखक तथा निर्देशक प्रदीप भट्टराईले बताए । ‘फुर्सद र समय मिलाएर आउने हुँदा विहानी भन्दा दिवा र रात्री शोहरू हाउसफुल छन् । हामीले दिन खोजेको संदेशसँग दर्शक जोडिनु भएको छ । व्यापारसँगै फिल्म हेरेर निस्किदा दर्शकको मुहारमा पाइने सन्तुष्टी नै हाम्रो सफलता हो’, निर्देशक भट्टराईले भने । फिल्मले अमेरिकामा प्रदर्शनको किर्तिमान बनाईसकेको छ । फिल्म चौथो सातामा डलासमा समेत हाउसफुल छ । यस्तै, अष्ट्रेलियामा सफलताका साथ प्रदर्शन भइरहेको फिल्म युरोपमा यहिँ नोभेम्बरबाट र युएईमा डिसेम्बर १ बाट प्रदर्शन हुँदैछ । 


‘स्वदेशमा पाएको मायाले विदेशमा उच्च डिमाण्ड छ । हामीले विस्तारी विदेशमा हुने शो बारे जानकारी दिईरहेका छौँ’, निर्माता दीपेश खत्रीले भने । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराईली मुख्य भूमिकामा रहेका छन् । फिल्ममा एक्लोपनको कथा देखाइएको छ । आदर्शनगरमा बसोबस गर्ने अवकासप्राप्त शिक्षक मार्फत पिता र एलकपुरुषसँगै एक्लोपनकथा फिल्ममा देखाइएको छ । भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अष्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रुपमा प्रस्तुत गरिएको छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् ।


षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डी. गुरुङको सम्पादन रहेको छ । यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गरेकाछन् । फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य ÷ शैलेश श्रेष्ठ, ध्वनि संयोजनमा अमित श्रेष्ठ, रंग संयोजनमा कपिल पराजुली, मिडिया कसल्टेन दिनेश सिटौला फिल्म्स, पब्लिसिटी डिजाइन ट्राइडेन्ट, सहायक निर्देशक शान्तिम कोइराला र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन् ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार