• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
पत्रपत्रिका

साढे १२ हजार मतान्तरसहित प्रधानमन्त्री देउवा विजयी

काठमाडौं । प्रधामन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट सातौँ पटक संसदमा निर्वाचित हुनुभएको छ । 

 

मङ्सिर ४ गते सम्पन्न भएको सङ्घीय चुनावमा प्रतिनिधिसभातर्फ डडेलधुराबाट प्रधानमन्त्री देउवा २५ हजार ५३४ मतसहित विजयी हुनुभएको हो ।

 

उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र सागर ढकालले १३ हजार ४२ मत ल्याउनुभएको छ । नेपाली कांग्रेस (बीपी) का कर्णबहादुर मल्लले सात हजार ५३५ मत प्राप्त गर्नुभएको छ ।

 

मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले मतगणना सकिएको र औपचारिक घोषणा गर्न मात्र बाँकी रहेको जानकारी दिनुभएको छ । गणना भएको ५१ हजार २०३ मतमध्ये तीन हजार १८७ मत बदर भएको छ। गोरखापत्र 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार