• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

१२२ क्षेत्रमा मतगणना जारी : कांग्रेस ४७, एमाले ३९ र माओवादी १२ क्षेत्रमा अगाडि

काठमाडौं । प्रतिनिधि सभाका १६५ वटा निर्वाचन क्षेत्रमध्ये अहिले १२२ वटा निर्वाचन क्षेत्रको मतगणना जारी छ।  पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेस सबैभन्दा बढी ४७ ठाउँमा अगाडि  रहेको छ । 


 
यस्तै,  नेकपा एमाले ३९, माओवादी केन्द्र १२ र राष्ट्रिय स्वतन्त्र पार्टी ११ ठाउँमा अगाडि छ। 

 
नेपाली कांग्रेसले ३ ठाउँमा जित हासिल पारेको छ। कांग्रेले मुस्ताङ, मनाङ र काठमाडौं क्षेत्र नम्बर १ मा जित हासिल गरेको छ। मुस्ताङमा कांग्रेस उम्मेदवार योगेश गौचन थकाली, मनाङमा टेकबहादुर गुरुङ र काठमाडौं १ मा प्रकाशमान सिंह विजयी भएका छन ।


 

यस्तै, नेकपा एमालेले १ ठाउँमा जित हासिल गरेको छ। ललितपुर क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार प्रेम महर्जन विजयी भएका छन । प्रदेश सभाका ३३० क्षेत्रमध्ये १४९ निर्वाचन क्षेत्रको मतगणना जारी छ। 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार