• बुधबार १-५-२०८१/Wednesday 04-17-2024
राजनीति

फेक समाचार भाइरल :महासंघको ध्यानाकर्षण, कांग्रेस–माओवादीको संयुक्त वक्तव्य

काठमाडौं ।स्थापित सञ्चारमाध्यमको लोगो प्रयोग गरी झुटो समाचार बनाइ इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग गरी भ्रामक समाचारहरू भाइरल बनेपछि कांग्रेस तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कार्यालयका मुख्य सचिवहरूले संयुक्त वक्तव्य जारी गरेका छन् । नेपालका प्रतिष्ठित अनलाइन मिडिया समेतको दुरुपयोग गरेर नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच फाटो गराउने दुराशयले सामाजिक सञ्जालहरुमा प्रेषित सूचनाप्रति दुबै पार्टीको गम्भीर ध्यानाकर्षण भएको  जनाएका छन ।


'यो भ्रमपूर्ण, निराधार, कपोलकल्पित र दुराशय राखेर गरिएको राजनीतिक अपराध हो । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका पाँच दल लोकतान्त्रिक वाम गठवन्धनकाप्रति पूर्ण प्रतिवद्ध छन् र गठवन्धनमा कोही कसैकाप्रति घात हुने कल्पना समेत गर्दैनन् ।

 

निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सिर्जना गर्ने गरी रचिएको यो भ्रमपूर्ण षडयन्त्रले एकथरी तत्वको राजनीतिक पराजयको मानसिकता पुष्टि गरेको छ । यस्ता भ्रमपूर्ण  र मिथ्या सूचनामा बिश्वास नगर्न हामी आम नागरिकमा आह्वान गर्दछौं ।' संयुक्त वक्तव्यमा उल्लेख छ ।

 

'यो दुराशयपूर्ण सूचना हो भन्ने जान्दाजान्दै केही राजनीतिक दलका जिम्मेवार नेता, पदाधिकारी एवं उम्मेदवार समेतले स्थिर अवधिको मूल्य मान्यता विपरीत सामाजिक सञ्जालमा शेयर गर्नु निर्वाचन अपराध समेत हो ।'

 

यस्तो सूचनाप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई निर्वाचन अपराधका रुपमा लिएर उम्मेदवारी खारेजीसम्मको कडा कानुनी कार्वाहीका लागि निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। साथै अपराधपूर्ण यस काममा संलग्न व्यक्तिको खोजी गरी कानुनी कार्वाहीका लागि समेत सरकारसँग  माग गरिएको छ।
 

 

 यस्तै नेपाल पत्रकार महासंघले पनि केही स्थापित सञ्चारमाध्यममा प्रकाशन नै नभएको विषय वस्तुलाई प्रविधिको दुरुपयोग गरेर प्रस्तुत गरी सामाजिक सञ्जालमा पोष्ट गरिएकोप्रति  गम्भीर ध्यानाकर्षण भएको  वनाएको छ ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार