• शनिबार १-८-२०८१/Saturday 04-20-2024
पत्रपत्रिका

कोरियामा नेपालीलाई थप अवसर

वैदेशिक रोजगारीमा नेपाली युवाको आकर्षक श्रम गन्तव्य बनेको दक्षिण कोरियामा एक वर्षमै १२ हजार नेपाली गएका छन् । यी सबै रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत गएका हुन् ।


कोभिड महामारीपछि दक्षिण कोरियामा विदेशी श्रमिकको अभाव भएको छ । कामदार आपूर्तिका लागि कोरियाले पहिले दिएको कोटामा थप संख्या बढाएका कारण धेरै नेपाली कोरिया जान पाएका हुन् । अघिल्ला वर्षहरुमा वार्षिक औसत ७ हजारको संख्यामा नेपाली जाने गरेका थिए । पछिल्लो एक वर्ष (कात्तिकदेखि कात्तिकसम्म) ५ हजार नयाँ थपिएर १२ हजार जना पुगेको हो ।


वैदेशिक रोजगार विभाग ईपीएस शाखा प्रमुख पुष्पराज कटुवालले कोरियाले आगामी वर्षका लागि नेपाल लगायत विभिन्न १६ राष्ट्रबाट १ लाखभन्दा बढी श्रमिक भित्र्याउने योजना बनाएको जानकारी दिए । “कोरियाले आगामी वर्षबाट देशगत रुपमा कोटा निर्धारण नगर्ने नीति लिएको छ ।

 

यसले धेरै नेपाली युवाले कोरिया रोजगारीको अवसर पाउने देखिएको छ,” प्रमुख कटुवालले कारोबारसँग भने, “कोरियाले कोटाको सट्टा जसले छिटो श्रमिक पठाउँछ, त्यही देशबाट धेरै दिने नीति लिएको छ ।”
कोरियाले विदेशी श्रमिक माग गर्ने १५ राष्ट्रमध्ये नेपालले छिटोछरितो रुपमा श्रमिक पठाउँदै आएको छ । यही कारण नेपालले आगामी दिनमा अझै धेरै कोटा पाउने सम्भावना बढेको हो ।

 

कटुवालले पनि यही कारण देखाएर आगामी वर्ष कोरिया प्रवेश गर्ने नेपाली युवाको संख्या बढ्न सक्ने अनुमान गरे । नेपालबाट कोरियमा विशेष गरी कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा काम गर्न नेपाली युवा जाने गरेका छन् ।कारोबार

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार