पुरानो घरमा नाटक 'एन इन्स्पेक्टर कल्स'
काठमाडौं । पुरानो घरमा नाटकघरमा नेपाली अनुवादमा नाटक 'एन इन्स्पेक्टर कल्स' मञ्चन शुरु भएको छ । डिटेक्टिभ जनरामा आधारित 'एन इन्स्पेक्टर कल्स' जेबि प्रिस्टलीद्वारा सन् १९४५ मा प्रकाशित नाटक हो।
नाटकलाई नैतिकता वादी 'मोरालिटी प्ले' भनेर पनि ब्याख्या गरिएको छ। सन् १९१२ को ब्रिटिश समुदायको सेटिङ बनाएर लेखिएको नाटक आज २०२२ मा नेपालमा नाट्यकरण गर्दापनि नाटकको विषयबस्तु उत्तिकै सान्दर्भिक छ।
नाटक एउटा धनाढ्य मल्ल परिवारको घरमा भैइरहेको पार्टीबाट सुरु हुन्छ। सौर्य मल्लको छोरी शिला मल्लको इन्गेज्मेन्ट आफू भन्दा समाजमा अझ उच्च दर्जामा गनिने शिशिर शमशेर राणासँग हुँदै छ। यसैको पार्टीमा खुसी मनाही रहेका बेला डोरबेल बज्छ अनि भित्र छिर्छ एउटा इन्स्पेक्टर।
को हो त्यो इन्स्पेक्टर ? ऊ किन त्यहाँ छ ? यही प्रश्नभित्र रुमलिएको छ नाटक । राजकमल फकिरको अनुवाद र निर्देशनमा तयार पारिएको नाटकमा आभाश अधिकारी, विजय ताम्रकार, सारदा अधिकारी, सरिता भुजेल, सदीन लुइँटेल र शिशिर सिवाकोटीको अभिनय रहेको छ । नाटक आगामी मङ्सिर १२ गतेसम्म प्रत्येक दिन साँझ ५स्३० बजे र शनिबार १स्३० बजे पनि मञ्चन हुनेछ । मंगलबार भने नाटक मञ्चन हुने छैन ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस