• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

‘महापुरूष’ उत्कृष्ट : महानायक राजेश हमाल

काठमाडौं । प्रदर्शनरत फिल्म ‘महापुरूष’ ले नेपाली समाजको भावना र पुस्तान्तरणको कथा व्यक्त गरेको अभिनेता राजेश हमालले  बताएका छन् । सोमबार साँझ दरबार सिनेप्लेक्समा फिल्म हेरिसकेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै उनले फिल्म उत्कृष्ट बनेको बताए । ‘फिल्म उत्कृष्ट बनेको छ ।  यसमा हरेक वर्ग र उमेरसमुहको भावनालाई समेटिएको छ । हेर्दै गर्दा दर्शक सहजै जोडीन्छन’, अभिनेता हमालले भने, ‘फिल्ममा देखिएका सम्बन्ध र नातालाई आफूलाई समेत नियाल्न प्रेरित गर्छ । म केही स्थानमा भावुक समेत भए ।’

 

उनले एक्लोपनमा खोजिने साथलाई फिल्मले प्रस्ट्याएको बताए। ‘हामीले उमेर हेरेर गरिएको विवाह बारे सतही टिप्पणी गर्ने गर्छौं । तर एक्लोपनलाई साथ चाहिन्छ । किनकि भावनात्मक सम्बन्धको खाचो सबैलाई हुन्छ’, उनले भने । फिल्मका लेखक तथा निर्देशक प्रदीप भट्टराईले अभिनेता हमाललाई प्रतिक्रियाको लागि धन्यवाद दिए । ‘उहाँले फिल्म हेर्दै हुनुहुन्छ भन्नेमै उत्साहित थियौं । हामीले भन्न खोजेको कुरा दृश्य मार्फत उहाँसम्म पुगेको पाउँदा झनै उत्साहित छौं’, निर्देशक भट्टराईले भने । 

 

अभिनेता हमालले फिल्ममा अभिनय गरेका कलाकारसहित नयाँ अनुहारद्वय अरुण क्षेत्री र अञ्जना बराईलीको समेत खुलेर प्रसंशा गरे । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्ट लगायतले अभिनय रहेको छ । फिल्ममा एक्लोपनको कथा देखाइएको छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् ।

 

षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डी. गुरुङको सम्पादन रहेको छ। यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गरेकाछन् । फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य ÷ शैलेश श्रेष्ठ, ध्वनि संयोजनमा अमित श्रेष्ठ, रंग संयोजनमा कपिल पराजुली, मिडिया कसल्टेन दिनेश सिटौला फिल्म्स, पब्लिसिटी डिजाइन ट्राइडेन्ट, सहायक निर्देशक शान्तिम कोइराला र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार