• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
बिश्व

प्यारिसको विमानस्थललाई १८ वर्ष घर बनाएका व्यक्तिको निधन

काठमाडौं । प्यारिसको विमानस्थलमा १८ वर्षसम्म बसेका एक इरानी पुरुषको निधन भएको छ। कूटनीतिक गतिरोधका कारण कतै जान नपाएपछि मेहरन करिमी नासेरीले रोसी सार्ल डु गोल विमानस्थललाई सन् १९८८ मा आफ्नो निवास बनाएका थिए। उनको अनुभवमा केन्द्रित रहेर सन् २००४ मा द टर्मिनल चलचित्र बनेको थियो जसमा टम ह्याङ्क्स् मुख्य अभिनेता थिए।

 

नासेरीलाई अन्ततः फ्रान्समा बस्ने अनुमति दिइएको थियो। तर उनी केही हप्ता अघि विमानस्थल फर्किएका थिए र उनको प्राकृतिक ढङ्गले निधन भएको विमानस्थलका एक जना अधिकारीले एएफपी समाचारसंस्थालाई बताएका छन्। इरानको कुजेस्तान प्रान्तमा जन्मिएका उनी आफ्नी आमाको खोजीमा पहिलो पटक युरोप गएका थिए।

 

केही वर्ष बेल्जियममा विताएका उनलाई यूके, नेदरल्याण्ड्स र जर्मनी सहित कैयौँ देशहरूले आप्रवासन सम्बन्धी वास्तविक कागजपत्र नभएको कारण देशबाट निकाला गरेका थिए।त्यसपछि फ्रान्स गएका उनले विमानस्थलको टुएफ टर्मिनललाई नै आफ्नो घर बनाए।बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार