• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
बिश्व

सिंह भागेपछि सिड्नीको चिडियाघरमा ‘लकडाउन’

काठमाडौं । अस्ट्रेलियाको चिडियाघरमा पाँचवटा सिंह उनीहरूलाई राखिएको ठाउँबाट भागेपछि छोटो समयका लागि आपत्कालीन परिस्थिति निम्तिएको खबर आएका छन्।

 

एउटा वयस्क र चारवटा डमरु सिड्नीको टारोङ्गा चिडियाघरमा उनीहरूलाई प्रदर्शनीमा राखिएको स्थान भन्दा बाहिर स्थानीय समय अनुसार करिब ६:३० बजे देखिएका थिए।त्यसपछि चिडियाघरलाई लकडाउनमा राखिएको र एउटा डमरुलाई बेहोस बनाइएको थियो।

 

तर सबै सिंहहरूलाई केही मिनेटमा नै नियन्त्रण लिइएको एक जना प्रवक्ताले बताएका छन्। उक्त घटनामा कोही पनि घाइते भने भएनन्। सिंहहरू भाग्नुको कारण नदिइएको बीबीसीले जनाएको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार