• सोमबार ८-१९-२०७९/Monday 12-05-2022
डबली

पाका मान्छेका कुरा

काठमाडौं । प्रा.डा. मुकेशकुमार चालिसेको चिटिक्कको पुस्तक  ‘पाका मान्छेका कुरा’ पढें । उहाँसँग सम्पर्क जानपहिचान भएको त्यस्तै एक वर्ष जस्तो  मात्र भयो होला । उहाँसँग परिचयको साँघु त गुरु चुडामणि नै हुनुहुन्छ। कसैकसैसँगको परिचयको संयोग कस्तो पर्छ को नि ! परिचयको गाँठो कसिँदै कसिँदै जान्छ, त्यो प्रिय झन प्रिय हुँदै जान्छ । त्यो जानपहिचान ‘पहिलेदेखि नै थियो नि १’ जस्तो हुँदै जान्छ । त्यस्सै त्यस्सै मनमा आफन्तको भाव, आत्मीयता बढिरहन्छ ।  प्रा.डा. मुकेशसँगको यो आत्मीयताको कारण भने ‘मैले छिचोलेका कुइनेटा’ ले नै हो कि रु


यो पछिल्लो पुस्तक ‘पाका मान्छेका कुरा’ आद्योपान्त पढें । ‘मैले छिचोलेका कुइनेटा’ बेग्लै स्वादको हो, यो बेग्लै स्वादको । मानौं पहिलो आँप हो भने पछिल्लो स्याउ हो । वद्रीप्रसाद ढकालको प्राक्कथन ‘बुढ्यौलीका मेरा कुरा’, चट्याङ मास्टरको ‘बधाई’ देखि स्वयं लेखक प्रा.डा.मुकेशको ‘मेरो भनाइ’ पढ्दै १६ वटा शीर्षकका पुस–१३ २०७८ अर्थात् २८ दिसम्बर २०२१ देखि ६ जेठ २०७९ अर्थात् मई २० २०२२ सम्मका ६ महिना अवधिमा लेखिएका लेख अक्षरशः पढें । 


आफू खासै बुढो नभईकन, अर्थात् पाको नभईकन लेख्नुभएको यो पुस्तक नपत्याउँदो गरी धेरै तथ्यपूर्ण र राम्रो छ । शास्त्र त भन्छ, ‘नहिं बन्ध्या विजानाति गुर्वी प्रसव वेदनाम्’ अर्थात् भोग्नेले मात्र भुक्तमानको यथार्थ थाहा पाउँछ । तर प्रा।डा। मुकेशले ९९० र ९५ वर्ष पुगेको, पारिवारिक अवहेलना भोगेको मान्छेको अनुभवबाट लेखिएजस्तो गरी यो पुस्तक लेख्नुभएको छ । म पनि बुढ्यौलीको त्यो कटुअनुभव गर्न नपाएकै व्यक्ति हुँ । तैपनि धेरै दुःख पाएका, गरीबी र पारिवारिक झमेलाका डढेलामा परेर छट्पटाएकाहरुका गथासा सुनेको भरमा मैल यस पुस्तकका व्यक्त वाध्यता जोखेर महसुस गरें, यो धेरै राम्रो पुस्तक लेख्नुभएको छ । 


यो पुस्तकले मानव सभ्यता विकासको संक्षेप पनि दिन्छ, परिवार कसरी बन्यो ? परिवारमा जेठोको, मूलीको दायित्व र महत्व के हुन्छ भन्ने बारेमा पनि संक्षिप्त रुपमा जानकारी गराउँछ । 


मान्छे उमेरले बुढो भएपछि ऊ आफ्नै घरपरिवारबाट कसरी एक्लिन्छ रु मेरा एक जना आफन्त घर परिवारमा कुनै झमेला वा दिक्क लाग्ने स्थिति हुनेबित्तिकै दोहोर्याउँदै भन्दथे “सम्पत्ति छउञ्जेल सबै आफ्ना, बुढो भएपछि जहान बिराना १” यो उनको थेगो जस्तै थियो । छोराछोरीले अराएको थपक्क टेरेनन् भने पनि, श्रीमतीसँग यस्सो सानो निहुँमा गलफत्ती पर्यो भने पनि भनिहाल्थे १११ बुढो भएपछि जहान बिराना १” ती आफन्तको भनाइले त बुढोभएपछि पुरुषलाई उनकी श्रीमतीले पनि सेवा गर्दिनन् भन्नेझैं अर्थिन्थ्यो । तर हेर्दैबुझ्दै जाँदा बुढाबुढी भएपछि मानिस आफ्नो मायालु परिवारमा पनि कसिंगरजस्तो बन्दै जाँदो रहेछ भन्ने थाहा लाग्दैछ । 


अमिताभ वच्चन र हेमा मालिनी मुख्य पात्र भई खेलेको हिन्दी फिल्म ‘वागवान’ले धेरै हदसम्म ज्येष्ठ नागरिकका अप्ठेराहरु प्रस्टीकरण गरेको छ । हो त्यस्तो विवशतामा पर्नेहरुलाई उपयोग हुने पुस्तक भईआएको छ यो ‘पाका मान्छेका कुरा’ । 


यस पुस्तकले पाको भएपछि हरेक पाको मान्छेले कसरी परिवारसँग मिठास राखेर जिउन सकिन्छ ? कसरी सकेसम्म परावलम्वी नभईकन, अर्काको बोझ नभईकन जिउन सकिन्छ त भनेर घरायसी मसिना व्यवहारिक कुरा सिकाउन खोजेको छ । परिवारका अन्य सदस्यको मनोविज्ञानप्रति पूर्ण सजग रहेर र सकेसम्म आर्थिक रुपमा आत्मनिर्भर रहने उपाय पनि पुस्तकले सिकाएको छ । 


‘हामीलाई फुर्सद छैन, के गर्नु रु’ का ६ वटा श्रृङ्खलाले हरेक ज्येष्ठ नागरिकले दिनका विहानदेखि रातीसम्म सकभर कसरी बिताउने भनेर लेखकले समय कटनीका उपाय आफूलाई पात्र बनाएर के के गर्दै व्यस्त बनाइयो त भन्ने वृत्तचित्र दिनुभएको छ । 


पुस्तकले पाका मान्छेहरु सबै एकै प्रकारका, सबै एउटै धोक्रामा हाल्नलायक छैनन् । ती शारीरिक रुपमा सक्षमताका दृष्टिले भिन्न भिन्न छन्, ती आर्थिक उपार्जनका दृष्टिले भिन्न भिन्न छन्, आफैं पेन्सन पाउने र नपाउने छन्, पेन्सन पाएर पनि थप आर्जनमा लाग्नसक्ने र नसक्ने छन् । त्यसकारण राज्यले त्यो हेरीकन छ्यानविचारसँग सहयोग गर्नुपर्ने भनेर राज्यलाई सचेत गराउने काम पनि गर्नुभएको छ । 


सामान्यतया ६० वर्ष पुगेपछि अनिवार्य अवकाश भन्न जान्ने तर ज्येष्ठ नागरिक भत्ता दिनुपर्दा ७० वर्ष भन्ने कुराप्रति र ‘पहेंलो अक्षता’ भनेर त्यो ‘पित्को भत्ता’प्रति पनि राज्यसँग असन्तुष्टि व्यक्त गर्नुभएको छ । पाइला पाइलामा र गाँसगाँसमा अझ श्वासश्वासमा समेत कर तिरेर केश फुलाएका नागरिकलाई त्यो भूतप्रेत मन्साएजस्तो भत्ता होइन, ज्येष्ठ नागरिकहरुको अवस्था हेरीकन आर्थिक रुपमा असक्तहरुलाई निर्वाह हुन सक्ने भत्ता हुनुपर्छ भन्ने दह्रो सुझाव पनि दिनु भएको छ । पुस्तक खोजीपूर्ण र निकै परिश्रम गरेर लेखेको बुझिने गरी विभिन्न तथ्यतथ्याङ्क समेत उपयोग गरेर लेखिएको छ । यो पठनीय र संग्रहणीय पुस्तक छ । 


सलल बग्ने भाषामा, ‘मनको वह कसैलाई नकह’, ‘मरेको कुकुरलाई उपियाँले पनि छाड्छ’, ‘जो हात सो साथ’, ‘उहिलेका कुरा खुइले’, ‘डिंगो बुढो भए भिर खोज्छ, मान्छे बुढो भए निहुँ खोज्छ’, ‘आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको’, ‘उमेरमा स्याल पनि घोर्लो हुन्छ’, ‘लाटो खान्छ एक बल्ढ्याङ् बाठो खान्छ तीन बल्ढ्याङ्’, ‘देश खाई शेष भएको’, ‘घाम पानीले मात्र कपाल सेतो हुँदैन’ जस्ता नेपाली उखानहरु प्रयोग गर्दै, अनेक झर्रा शब्दहरुले जिउँदो पारेर लेखिएको यो पुस्तक पढौं पढौं लाग्दो छ । 


यो पुस्तक यथार्थमा पाका मान्छेहरुले त पढ्नु नै पर्छ नै, तर जसका घरमा पाका मान्छेहरु छन् र तिनको जीवन सहज बनोस् भन्ने लाग्छ भने हरेक छोराछोरी वा सन्तानले, सहयोगीले पनि यो पुस्तक पढेमा धेरै हदसम्म दुबै पक्षको समय बिताउन सहज हुन्छ । यस्तो महत्वपूर्ण पुस्तक जङ्गली जनावरको खोजीमा जीवन दिने व्यक्तिबाट निस्कनु धेरै अचम्मको कुरा हो । यस अचम्मको कुरा प्रदान गर्नुभएकोमा प्रा।डा। मुकेशकुमार चालिसेलाई धेरै धेरै धन्यवाद एवं बधाई पनि ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

केमेष्ट्रि

१७ मङ्सिर, २०७९

फरक कुरा 

३ मङ्सिर, २०७९

इज्जत

२० कार्तिक, २०७९

टाउको

६ कार्तिक, २०७९