• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
रंगमञ्च

भुइँमान्छेको कथा ‘सानासाना सपना’ 

नेपालगञ्ज । शिल्पी थिएटरको मुक्त रंगमञ्च नाटक ‘सानासाना सपना’को मञ्चन भएको छ । कोहलपुरमा पहिलोपटक  दर्शकहरुको उत्साहजनक उपस्थिति साथ नाटक मञ्चन भएको हो। 

 

नाटक हेरिसकेपछि धेरै दर्शकले निकै राम्रो प्रतिक्रिया दिएका छन् । नाटक हेरेका बहुसंख्यकले नाटक धेरै उत्कृष्ट रहेको बताए । नाटकले भुइँमान्छेहरुका ‘सानासाना सपना’ समेटेको छ । नाटकका परिकल्पनाकार र निर्देशक घिमिरे युवराजका अनुसार शिल्पी थिएटरले नाटक प्रदर्शनको नयाँ मध्याम र कोसिसको रुपमा मुक्त रंगमञ्जको प्रयोग गरिरहेको छ । 

 

दियालो परिवारको स्थानीय आयोजनामा नाटक ‘सानासाना सपना’को उत्साहजनक मञ्चन भएको उनले बताए । दर्शकहरुको उत्साहजनक उपस्थितिले मोफसलमा नाटकको भोक कति छ भन्ने कुरा स्पष्ट भएको उनको भनाई छ । निर्देशक घिमिरे युवराजका अनुसार नाटक लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा गरी कूल २१ स्थानमा मञ्चन प्रदर्शन गरिने छ ।

 

नाटकमा मञ्जु श्रेष्ठ, संगीता उराँव, झकेन्द्र विसी ज्योति पोखरेल, सविन कट्टेल, रवीन परियार, गोविन्द ओली, हिमाल भुजेल शुशीला लुहार, योगेन्द (ज्याक) बराल, स्मारिका फुयाँल, निर्मल साउँद र समित भण्डारीले अभिनय गरेका छन् । प्रत्यक्ष संगीत अनुप तिमिल्सिना र स्मारिका फुयाँलको रहेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार