• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

आज दशैंको चौंथो दिन, कुष्माण्डा देवीको पुजा गरिँदै

काठमाडौं । हिन्दू धर्मलम्बिहरुको  महान पर्व बडा दशैंको चौथो दिन आज देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिन्छ ।

 

‘कुत्सितः ऊष्मा कूष्मा त्रिविधतापयुतः संसारः स अण्डे मांसपेश्यामुदररूपायां यस्याः सा कूष्माण्डाः’ अर्थात् तीन प्रकारका तापले युक्त विश्व ब्रह्माण्डलाई जसले आफ्नो उदरमा धारणा गरेको छ, ती भगवती कुष्माण्डाका नामले स्थापित छिन्।

 

विधिपूर्वक स्थापित देवताहरूको नित्य पूजा गरी नवदुर्गाको प्रतिमामा कुष्माण्डा नाम गरेकी देवीको पूजन गरिन्छ। कुष्माण्डको अर्को अर्थ हुन्छ कुभिन्डो जुन देवीको पूजामा बलिका लागि नभई नहुने फल हो। कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।

 

अहमखिलं जगत् अर्थात् सारा विश्व ब्रह्माण्डमा व्याप्त स्थावर जङ्गमको दृश्य स्वरुपा म नै हुँ। जीवले गुप्त रुपमा गर्ने कृत्याकृत्य कर्मको साक्षी स्वरुपा पनि मैं हुँ। मभन्दा पर त्यस्तो भिन्न शक्ति कोही छैनन्, सबै ममा नै व्याप्त छन्। यी वचनहरू देवीकै उद्गारका रुपमा प्रस्तुत भएको पाइन्छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार