• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

बुढ्यौली ५० को नेतृत्वमा नेपाल

काठमाडौं । पाको उमेरमा स्वस्थ जीवन जीउन योग्य विश्व निर्माणको उद्धेश्य लिएर विश्वभरीबाट ५० जनाको नेतृत्व टोली गठन गरिएको छ । म्याड्रिड इन्टरनेशनल प्लान अफ एक्सन (मिप्पा) को २० औ वार्षिक उत्सव तथा संयुक्त राष्ट्रसंघको स्वस्थ बुढ्यौली दशक कार्यक्रम (२०२१–२०३०) को दोस्रो वार्षिक उत्सवको अवसरमा उक्त नेतृत्व टोली गठन गरिएको हो । 

 

टोलीले काम गर्ने कार्यक्रमलाई स्वस्थ बुढ्यौली ५० नाम दिइएको छ । विश्वका ५०० प्रतिस्पर्धीहरु मध्यबाट छानिएका उक्त नेतृत्वको टोलीमा नेपालबाट कृष्ण मुरारी गौतम रहनुभएको छ। उहाँ एजिङ नेपालको संस्थापक अध्यक्ष हुनुहुन्छ ।  स्वस्थ बुढ्यौली ५० कार्यक्रम अन्तर्राष्ट्रिय श्रम संगठन (आइयलओ), अन्तर्राष्ट्रिय दूरसंचार संघ (आइटीयू), अन्तर्राष्ट्रिय मानव अधिकार आयोग (ओएचसिएचआर), संयुक्त राष्ट्र संघ आर्थिक र सामाजिक विभाग (युएनडेसा), विश्व आर्थिक फोरम र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सहयोगमा गरिएको हो ।
 

विश्व स्वास्थ्य संघका महानिर्देशक,डा. टेड्रोस अधानोम गेब्रेयससको अनुसार यस कार्यक्रमले ज्येष्ठ नागरिकहरुको स्वास्थ जीवन कायम राख्नका साथै सक्रिय बुढ्यौली जीवन बिताउन प्रभावकारी नीति तथा  कार्यक्रमहरु बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।  
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार