• बुधबार १-५-२०८१/Wednesday 04-17-2024
देश/प्रदेश

निर्वाचनअघि कर्मचारी सरुवा नर्गर्नु : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि कर्मचारी सरुवा नगर्न सरकारलाई निर्देशन दिएको छ ।

 

आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै ६ असोजदेखि निर्वाचन सम्पन्न नहुन्जेलसम्म आयोगको ‘अनुमति नलिई कुनै पनि कर्मचारी सरुवा नगर्न र नगराउन’ सरकारलाई निर्देशन दिएको हो। ‘जथाभावी कर्मचारी सरुवा गर्दा समग्र निर्वाचन व्यवस्थापनमा प्रतिकूल प्रभाव पर्ने’ उसले जनाएको छ ।

 

‘५ असोजसम्म सरुवा भइसकेका कर्मचारीका हकमा भने तत्काल रमाना दिई ९ असोजसम्ममा सम्बन्धित कार्यालयमा हाजिर भइसक्ने व्यवस्था गर्न’ विज्ञप्तिमा सरकारलाई निर्देशन दिइएको छ ।

 

‘२०७९ मंसिर ४ गते हुने निर्वाचनका लागि यही असोज ६ गतेदेखि अस्थायी मतदाता नामावलीमा कर्मचारीको नाम समावेश गर्ने प्रक्रिया प्रारम्भ भएको छ,’ आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस अवस्थामा विभिन्न तहका सरकार तथा सार्वजनिक निकायले कर्मचारी सरुवा गरिदिँदा अस्थायी मतदाता नामावली संकलनको कार्यमा बाधा उत्पन्न हुने देखिन्छ ।’

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार