नेपाल बंगलादेशसंग ३-१ पराजित
काठमाडौं । बंगलादेशले पहिलो पटक महिला साफ च्याम्पियनसिपको उपाधि जितेको छ । फाइनलमा घरेलु टोली नेपाललाई ३-१ ले पराजित गर्दै बंगलादेशले ऐतिहासिक उपाधि जितेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा नेपाललाई ३-१ गोल अन्तरले हराउँदै बंगलादेश च्याम्पियन बनेको हो ।
बंगलादेशलाई जित दिलाउन श्रीमोती कृष्णरानी सरकारले दुई गोल गरिन् ।शामसुनाहरले एक गोल थपिन । खेलको १४ औं मिनेटमा शामसुनाहरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । मोनिका चक्माको पासमा शामसुनाहरले उत्कृष्ट गोल गरिन् ।
खेलको ४२ औं मिनेटमा श्रीमोती सरकारले गोल गर्दै बंगलादेशलाई २-० को अग्रता दिलाईन् । ७० औं मिनेटमा अनिताले गोल गर्दै नेपाललाई २-१ मा ल्याएकी थिइन । ७७ औं मिनेटमा कृष्णारानीले व्यक्तिगत दोस्रो गोल गरिन् । मिडफिल्डमा नेपालले बल गुमाएपछि अघि बढेको काउन्टर अट्याकमा कृष्णाले गोलरक्षकलाई कुनै अवसर नै दिइनन् ।
८० औं मिनेटमा नेपालले प्रिती राइको स्थानमा रेखा पौडेललाई मैदान प्रवेश गरायो । ८२ औं मिनेटमा दीपा शाहीले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार गोलरक्षक रुपनाले सहजै बचाइन् ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस