• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
स्वास्थ्य

थप ६३ जनामा कोरोना पुष्टि, १ सय ३१ जना संक्रमणमुक्त 

काठमाडौं ।  पछिल्लो २४ घण्टामा  थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  ३ हजार ७४० जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

मन्त्रालयका अनुसार १ हजार ५७४ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३५ जना र २ हजार १६६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५० हजार ९७२ पुगेको छ ।

 

कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार १६ पुगेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ३१ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८५ हजार २३४ पुगेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार