• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

जय नेपाल हलमा भेटियो टुकुचा खोला 

काठमाडौं । काठमाडौ महानगरपालिकाले विहीबार नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाउँदा जय नेपाल हलको कम्पाउन्डमा भित्र १५ फिट खन्दा टुकुचा खोला फेला पारेको छ।

 

त्यहिका स्थानीयहरुले नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला जय नेपाल हल क्षेत्रमा गायब भएको बताउँदै  उत्खननको माग गर्दै आएका थिए । महानगरले गत साउन १२ गते सूचना जारी गरेर टुकुचाको अतिक्रमण हटाउन निर्देशन दिएको थियो ।

 

निर्मल निवास पछाडि सुनदेवीबाट सुरु भएको टुकुचा खोला नारायणहिटी दरबार संग्रहालयभित्र कल(कल बगिरहेकै छ । तर, जब नारायणहिटीको पर्खालबाट बाहिर निस्कन्छ, त्यसपछि भने खोला हेर्न झण्डै ५०० मिटर तल काठमाडौं प्लाजा नजिक आउनुपर्छ ।

 

टुुकुचालाई गहिरो खाल्डोमा ईंटाको डोलो पाइप बनाएर बगाएको भेटिंदा त्यहाँ सर्वसाधरणको भीड लागेको थियो । सर्वसाधारणलाई यो कुरा अचम्म् पनि लागेको थियो । जब इँटाको गोलो पाइपभित्र बगिरहेको टुकुचा देखियो, भीडले ताली पिटेका थिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार