• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

प्रेमपत्रले जुराएको प्रेम

काठमाडौ । चलचित्र ‘सीता रामम’ मा राम–सीताको सुन्दर प्रेमकथा देखाइएको छ । चलचित्रको को कथा एकदमै फरक छ, जुन अवश्य नै धेरै दर्शकले रुचाउनेछन । साउथ कलाकार दुल्कर सलमान, रश्मिका मन्डन्ना र मृणाल ठाकुर अभिनितलाई हनु राघवपुडीले निर्देशन गरेका हुन ।

 

चलचित्रले नपत्याउने कथा बोलेको छ। कसैले पनि यस्तो कथा पनि चलचित्र हुन्छ भनेर अनुमान लगाउन सक्दैन। चलचित्रको कथा ८० को दशकमा भारत र पाकिस्तानीबीच भएको युद्धको परिस्थितिमा वरपर घुमेको छ। चलचित्रको सुरुवात रश्मिकाको चरित्र अफरीनबाट हुन्छ, जो लण्डनमा पढेकी पाकिस्तानी केटी हुन् ।

 

आफरीन भारतीय बिरोधि हुन्छिन् । उनले रिसको झोकमा अनेकन कुराहरु गर्छिन् । एकपटक बाटोमा  भारतीय नम्बर कार उनको आँखा अगाडि पर्छ र यो उनी देख्न सक्दििनन्। उनले कारमा आगजानी गरिदिन्छन् । गाडीका मालिकले आफरिनलाई गाडीमा आगजानी गरेबापटसजाय स्वरुप उनीसँग दश लाख रुपैयाँ माग गर्छन । उनलाई कसरी पैसाा तिर्ने हो भन्ने तनाव भएको समय उनी अचानक आफनो हजुवुवालाई सम्झिन्छिन् । उनी कहाँ पुग्छिन् । उनी त्यहाँ पुग्नु र उनको हजुरबुवा बित्नु पनि एकैजस्तो हुन्छ । उनलाई त्यहाँबाट एउटा पत्र प्राप्त हुन्छ र त्यहि पत्र उनले सीतालक्ष्मीलाई दिनुपर्ने हुन्छ । कथामा ट्वीस्ट यहीँबाट आउँछ । अफरीनका दिवंगत हजुरबुवा अब्दुल तारिकले आफ्नो अंशको कागजमा लेखेका हुन्छन् कि त्यो चिठी सीता राममसम्म पुग्न जरुरी छ । आफरिनले त्यो चिठि सीता राममसम्म कसरी पुर्याउँछिन् । र फेरी सीता र रामको भेट हुन्छ कि हुँदैन यही कुराहरु भित्र घुमेको छ चललचित्र ।  

 

दुल्कर सलमान राम्रो काम गर्ने गर्ने अभिनेता हुन । उनको चरित्रले चलचित्रलाई धेरै उनाईमा पुर्याएको छ । एउटा निडर जस्तो भएर उनले नायिका मृणाललाई भेटन् जाने समय धरै नै रुचीकर छ ।  मृणाल ठाकुर र रश्मिका मन्डन्नाले पनि आफ्नो क्यारेक्टमा शतप्रतिशत दिएका छन् । चलचित्रको छायांकन निकै राम्रो छ। निर्देशक राघवपुडीले चलचित्रमा देखाउने प्रेमकथालाई राम्रो कोण दिएका छन् । सीता रामको प्रेमकथाको एउटा महत्वपूर्ण भाग हो। जसरी चलचित्र अगाडि बढ्छ, तपाइँ यसको आनन्द लिन थाल्नुहुन्छ।निर्देशक दुल्कर सलमानको याृ दोस्रो तेलुगु चलचित्र हो । मराठी र हिन्दी सिनेमाकी सक्षम अभिनेत्री मृणाल ठाकुरले फिल्मबाट तेलुगु सिनेमामा डेब्यु गरेकी हुन्। दुवैलाई हेर्दा राम र सीताको अभिनय अरु कसले गर्न सक्छ ? एक जवान सिपाहीको लगनशीलता, एक निर्दोष प्रेमीको शालीनता र एक अनाथको परिवारको चाहना सबै यस चलचित्रमा निर्देशकले भिन्न ढंगबाट पस्तुत गरेका छन् ।
 

हनु राघवपुडी र अश्विनी दत्तले चलचित्रलाई अखिल भारतीय चलचित्रको रुपमा परिकल्पना गरेका थिए । यसमा दक्षिणदेखि मुम्बई र कोलकातासम्मका कलाकारलाई छनोट गरिएको हो । टिनु आनन्द, सचिन खेडेकर र जिशु सेनगुप्ता र भूमिका चावला, प्रकाश राज सबै साना तर ठोस पात्रहरूमा देखा परेका छन्।

 

सबै पात्रहरुको अभिनय मध्यम छ । चलचित्रको गुण र कमजोरीलाई हेर्दा यसको संगीत तेलुगुमा सुपरहिट भएको हुनसक्छ, वरुण ग्रोवरदेखि कुमारसम्मले गरेको हिन्दी डब खासै प्रभावकारी भएको जस्तो महशुस भएन । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार