• शनिबार १-८-२०८१/Saturday 04-20-2024
खेलकुद

नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं । नेपाल समूह विजेता बनेर साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ को अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६-० गोल अन्तरले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो ।

 

दशरथ रंगशालामा  नेपाललाई जित दिलाउन अमिसा कार्कीले दुई गोल गरिन् भने त्यस्तै रश्मी घिसिङ, सरु लिम्बू, अमृता जैशी र दिपा शाही एकरएक गोलमा सिमित रहिन ।  

 

खेलको नवौं मिनेटमा रश्मीले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन् । रश्मीले हिराको क्रसमा हेडर मार्फत गोल गरिन् । खेलको ११ औं मिनेटमा सरुले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाईन् । खेलको १७ औं मिनेटमा अमृताले गोल गर्दा नेपाल ३-० ले अघि रह्यो ।

 

पहिलो हाफको इन्जुरी समयमा दिपाले गोल गरेपछि नेपालले पहिलो हाफमा ४-० को अग्रता बनायो ।खेलको ७४ औं मिनेटमा अमिषाले गोल गर्दै नेपाललाई ५-० को अग्रता दिलाईन् ।  

 

भुटानविरुद्ध डेब्यु गरेकी अमिषाले नेपालको लागि यो पहिलो गोल हो । त्यसपछि खेलको इन्जुरी समयमा अमिषाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ६-० को जित दिलाईन् ।यस जितसँगै नेपालले अपराजित रहदै अन्तिम चारमा स्थान बनाएको हो । यस्तै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार